इटहरीः आज बिहान साढे ७ बजे सुनसरीको कोशी –४ कोशी कटानस्थित रिफ्रेसमेन्ट सेन्टरमा सवारी जाँच गर्ने क्रममा प्रहरीले १ लाख ४ हजार मूल्यभन्दा बढीको अवैध सामान फेला पारेको जनाएको छ ।
पूर्वतर्फ आइरहेको ना १ ज ७३९९ नम्बरको गाडीमा १ लाख ४ हजार ६ सय ३० रुपैयाँ मूल्य बराबरको ग्यास चुलोको अवैध सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो सामान बेवारिसे अवस्थामा फेला परेको सो सामान आजै सेतुबन्ध भन्सार कार्यालय कोशी बयारेजमा बुझाइएको प्रहरीले जनाएको छ ।