इटहरीः पसलको सटर फोडेर बाइक चोर्दाचोर्दै एक जनालाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको छ । रामधुनी नगरपालिका ५ लगौनामा रहेको राजेश चौधरीले सञ्चालन गरेको एस स्टिकर पसलको सटर फोडेर बाइक चोरी गर्ने सोही स्थानका सुमन चौधरीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको हो ।

चौधरीलाई सटर फोड्ने रडसहित पक्राउ गरिएको पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।