बेलबारीः सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले कर उठाएर गाडी किन्न थाले भनेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विरोध आइरहेको छ । तर, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने आप्mनो निजी गाडी नै प्रयोग गर्ने गरेका छन् ।
मेयर सुवेदीले बा ९ च ३७०० नम्बरको गाडी प्रयोग गरिरहेका छन् । नगरपालिकामा २ वटा गाडी भए पनि मेयर सुवेदीले आफ्नो निजी गाडी नै प्रयोग गर्ने गरेका छन् । नगरपालिकाभित्र मात्रै होइन उनले सङ्घीय तथा प्रदेशका मन्त्रालय जाँदा समेत निजी गाडी लिएर जाने गरेको नगरपालिकाले जनाएको छ । अन्य केही नगरपालिकाले गाडी नकिन्ने भनेर मासिक २ लाख रुपैयाँ लिएर भाडामा सवारी लिइरहेका बेला बेलबारीका मेयरले भने प्रशंसनीय काम गरेका छन् ।

gadi 1
‘मेयर सा’बले कार्यालयमा जाँदा र बाहिर जाँदासमेत आफ्नै गाडी प्रयोग गर्नुहुन्छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले भने, ‘भएका गाडी पनि बिगँ्रदा कहिलेकाहीँ हामीलाई समेत काम दिएको छ ।’
२ वटा गाडी नगरपालिकामा हुँदाहँुदै पनि मेयरले निजी सवारी प्रयोग गरेको देख्दा स्थानीयसमेत अचम्मित हुने गरेका छन् । आप्mनो गाडीमा हिँडेकै कारण जनताबाट आलोचित हुनु नपरेको स्थानीय बासिन्दा माधव निरौलाले बताए । उनले भने, ‘एक वर्षभित्र गरेका काममा अहिले कतै खोट लगाउने अवस्था छैन ।’ मन्त्री तथा उच्च पदस्थ व्यक्तिलाई भेट्न जाँदा समेत उनी निजी सवारीमा जाने गरेको सवारी चालक राजकुमार राईले बताए ।

जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन प्रतिपक्षले गरिरहेका बेला बेलबारीमा भने अहिलेसम्म कुनै पनि विरोधका कार्यक्रम भएका छैनन् । यसबारेमा जिज्ञासा राख्दा मेयर सुवेदीले जनताले दिएको मतको सदुपयोग गर्ने बताए । कार्यालयमा भएका २ वटा गाडी कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृत दाहाल तथा उपप्रमुख ढाकाकुमारी पराजुलीले प्रयोग गर्ने गरेका छन् ।