बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ९ ले लिची जोन कार्यक्रम अगाडि सारेको छ ।

एक वडा, एक उत्पादनको नीति नगरले लिएसँगै ९ नम्बर वडामा १ हजार लिचीका बिरुवा किसानलाई बाँडिएको छ । ‘पहिलो चरणमा एक घर, एक बिरुवाको नीति लिएका छौँ’, वडा अध्यक्ष नगेन्द्र खड्काले भने, ‘हामी चालु आवमा २ हजार बिरुवा बाँड्ने योजनामा छौँ । मागेजति बिरुवा आइपुगेनन् । दशैंअगाडि नै एक हजार बिरुवा ल्याएर किसानलाई बाँड्छाँै । उत्पादन वर्षसँग जोडिएर काम गर्ने रणनीति वडाले लिएको वडाध्यक्ष खड्काले बताए ।

‘यस वर्ष परीक्षणका लागि केही बिरुवा दिएका छौँ’, वडा सचिव युवराज गुरागाईंले भने, ‘अब आउने आवमा मेरो खालि जग्गा छ भनेर कोही कृषक आउँछन् भने बिरुवादेखि प्राविधिक सहयोग समेत वडाले गर्छ । वडामा बाँझा जग्गाहरू नरहून् भन्ने हाम्रो उद्देश्य हो । लिचीको बजारीकरण समेत हामी गरिदिन्छौँ ।’ अहिले एक घर एक बिरुवाको नीति लिएर बिरुवा वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा नै बेलबारी ४ नम्बर वडाले सुपारी जोन बनाउनका लागि केही बिरुवा वितरण गरेको थियो भने १० हजार बिरुवाको आफैँ दल (नर्सरी) राखेको छ । प्रत्येक घरमा सुपारीका बिरुवा हुर्किइरहेका छन् ।

‘आउँदो आवमा कृषकले मागेजति बिरुवा हामी आफैँ दिन्छौँ’, वडा अध्यक्ष रामकुमार राईले भने, ‘सुपारी बजार सम्म पु¥याउनका लागिसमेत हामी आफँै सहजीकरण गरिदिन्छौँ ।’
एक वडा एक उत्पादनसँगै प्रविधियुक्त खेतीमा नगरपालिकाले जोड दिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।