उर्लाबारीः मोरङको उर्लाबारी–५ स्थित सिद्धिविनायक बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार संस्थाका अध्यक्ष शुरवीर कार्कीको अध्यक्षतामा साधारणसभा भएको हो । सहकारीका उपाध्यक्ष गणेशबहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ऋषिकेश खनालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा उत्कृष्ट कारोबार गर्ने, उत्कृष्ट बचतकर्ता, शेयर सदस्यका सन्तानमध्ये एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत गरिएको थियो ।