विराटनगर / प्रदेश एकको सरकारले तरुण दल सुनसरी सभापती सिजन गुरुङ पक्राउको कारण बारे सदनमा जानकारी दिएको छ । प्रदेश एकको सरकारको धारणा बारे संसदहरुलाइ आज जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री एवंम प्रदेश एक सरकारका प्रवक्त हिक्मत कार्कीले सिजन पक्राउको कारण राजनीतिक प्रतिशोध नभइ जग्गा विवाद तथा कुुटपिट नै रहेको जानकारी दिएका हुन् ।

संसदमा विशेष समय लिएर बोल्दै कार्कीले विपक्षी दलका संसदले उठाएको माग बारे धारणा राखेका हुुन । आइतवार संदन अवरुद्ध समेत पारेको विपक्षी दलले सरकारको धारणा माग गरेको थियो । नेपाली काँगे्रसका प्रमुख सचेत केदार कार्कीले सरकारले बिनाकारण गुरुङलाइ पक्राउ गरेको भन्दै अविलम्व छाड्न माग गरेका थिए । सत्ता र शक्तिको दूरुपयोग गरेको भन्दै काँग्रेसका कार्यकर्तालाइ छानिछानि कारवाही गर्ने नीति अवलम्वन गरेको बताएका थिए । आइतवारको संसद अवरुद्ध समेत गरेका विपक्षी सांसदले रोस्टम घेराउसमेत गरेका थिए ।

जसका कारण संसद बैठक स्थगित समेत भएको थियो । सो बारे सरकारी धारणा सार्वजनिक गरेका मन्त्री कार्कीले सरकार कुुनै पनि विषयलाइ राजनीतिक गर्ने सोचमा नलागेको भन्दै अन्य दलले पनि अपराधिक गतिविधिमा सँलग्न रहेकालाइ राजनीतिक रुप दिन नहुने तर्क गरे । ‘हामी कसैलाइ पनि बिनाकारण थुनामा राख्नुुपर्छ भन्ने सोच होइन, सिजनलाइ पक्राउ गर्र्नु मुुख्य कारण जग्गा विवाद र कुुटपिट नै हो ।’ उनले स्पष्ट पारे ।