इटहरीः केही वर्ष यता इटहरी आसपासमा उच्च लगानीमा होटल खोल्ने क्रम बढ्दै गएको छ । त्यसमा पनि इटहरी र तरहरा बीचको मुख्य सडकमा अहिले निजी लगानीमा स्तरीय होटल, रेष्टुरेण्ट खोल्ने क्रम धेरै रहेको छ । यी सबै होटल रेष्टुरेण्टका आआफ्नै मौलिकता र विशेषता छन् ।

सोही क्षेत्रमा अहिले नयाँ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ‘फुड जोन’ रेष्टुरेण्ट एण्ड क्याफेलाई कोरियन रेष्टुरेण्ट एण्ड क्याफेको नाम दिइएको छ । इटहरी र तरहराको बीचमा पर्ने हलगडामा करीब १ करोड लगानीमा खोलिएको क्याफे १ नम्बर प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियतले गत शनिबार उद्घाटन गरेका हुन् ।

५ जनाको संयुक्त लगानीमा खोलिएको क्याफेका पाँचै जना सञ्चालक लामो समय कोरियामा बसेर आएका हुन् । सञ्चालक काजी नेपाल ८ वर्ष कोरिया बसेर आएका तथा अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले रेष्टुरेण्टमा लगानी गरिएको बताउँछन् । उनको टिममा नवीन गुरुङ आशिष कठेत, राजु थापा, रेवत कार्की लगायतको टिम रहेको छ । नेपालले भने, ‘कोरियामा केही वर्ष काम गरेर त्यहाँ गरे जति दुःख गर्न सकियो भने नेपालमै राम्रो पैसा कमाउन सकिन्छ । त्यही सोचले आफ्नो साथीसँग छलफल गरेर क्याफे खालिएको हो ।’

सोचेजस्तो भयो भने अबको केही महिनामा विराटनगर र दमकमा पनि शाखा खोल्ने सोच रहेको नेपाल बताउँछन् । ‘अहिले नेपाल भ्रमण वर्षको समय रहेको र हाम्रो देशमा विभिन्न देशका नागरिक भ्रमण गर्न आउँछन्,’ उनले भने, ‘कोरियन नागरिक पनि धेरै जना नेपाल घुम्न आउने हुँदा उनीहरूले पनि यस होटलमा बसेर पनि आफ्नो देशको स्वाद लिऊन् भनेर कोरियन खाना बनाइन लागेको हो ।’

कोरियनले कस्तो खाना मन पराउँछन् भन्ने थाहा भएकाले सोही अनुसारको खाना बनाउन सक्ने उनले बताए । तिम्सिना कम्प्लेक्समा २ तला भाडामा लिएर तल्लो तलामा खाजा नास्ताको लागि व्यवस्था गरिएको र माथिल्लो तलामा मिटिङ हल साथै कोरियामा बसेर खाना, नास्ता खाने भएकाले बस्नको लागि छुट्टै व्यवस्था गरिएको उनले बताए ।

बर्थडे पार्टी लगायत अन्य प्रयोजनका लागि छुट्टै कोठाको व्यवस्था गरिएको र बर्थ डे मनाउँदा केकको व्यवस्था क्याफे आफैँले गरिदिने सञ्चालक नेपालले बताए ।

food zone  (3) food zone  (1)