बेलबारीः मोरङको बेलबारी–१० माटीगाउँमा शुक्रबार राती एक घर जलेर नष्ट भएको छ । झउली पण्डित कुमालको टिनको छानो भएको एकतले घर जलेर नष्ट भएको हो ।

आगलागीमा अन्नपात, लत्ताकपडा तथा केही नगदसहित ५० हजार बरारको क्षति भएको स्थानीय बासिन्दा कृष्ण गौतमले बताएका छन् । आगलागीपीडितलाई नगरपालिकाले शनिबार नै राहत प्रदान गरेको छ ।

पीडित परिवारलाई चामल, चिउरा, चामल चिनीसहित लत्ताकपडा, तथा भाँडाकँुडा दिइएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पीडित परिवारले माटाका भाँडा बनाएर बजारमा बिक्री गरेर आफ्नो गुजारा गर्ने गरेको थियो ।

aaglagi  (3)