इटहरीः आज विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । ‘मानसिक स्वास्थ्यका लागि मर्यादा’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाउन लागिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा करीब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ । त्यस्तै, करीब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको सो सङ्गठनको तथ्याङ्क छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १० लाई मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गरिन्छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन् । नेपाल सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दाे उपचार सेवा पाउन सकेका छैनन् ।