इटहरीः प्रहरीले इटहरी क्षेत्रमा गुण्डागर्दी गरी स्थानीय मानिसलाई डर, धाक धम्की देखाई रकम असुल गर्ने कार्य गर्दै आएका अविनाश लिम्बूलाई पक्राउ गरेको छ ।

इटहरी–६ का ३२ वर्षीय लिम्बूलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनलार्य पक्राउ गरेको थियो । उनी ज्यान मार्ने उद्योग मुद्दामा १ लाख धरौटीमा छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । त्यस्तै, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुरको अर्काे मुद्दामा उनी ३० हजार रुपैयाँ धरौटीमा तारेखमा छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।