इटहरीः आफ्नै भाइले दिदीमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

इटहरी– १९ का २६ वर्षीय उदीप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मङ्गलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् ।

घाइते दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डीएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । दुवैको अवस्था खतरामुक्त रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । दिदीको गर्दन र भाइको किलकिलेमा गहिरो चोट लागेको चिकित्सकले जनाएका छन् ।

उदीप मानसिक रोगी रहेको स्थानीयले जानकारी दिएका छन् ।