धरानः गत भदौ १८ गते एक युवतीलाई साँझको समयमा घुम्न बोलाई बन्धक बनाई बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

खोटाङ जिल्लाको साबिक सप्तेश्वर–८ घर भई हाल धरान–५ बस्ने १९ वर्षीय मिलन राई पक्राउ परेका हुन् । उनले ती युवतीलाई बगरकोट घुम्ने बहानामा सेउती खोलाको जङ्गलमा लगी बलात्कार गर्नुका साथै भदौ २२ गतेसम्म बन्धक बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ २२ गते बुढासुब्बा मन्दिरमा पीडितलाई छाडी पीडक फरार भएका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार पीडितको स्वास्थ्य परीक्षणलगायतको कार्यपछि पीडकलाई खोजतलाश गर्ने क्रममा असोज २६ गते धरान–५ बाट पक्राउ परेका थिए । उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी कार्वाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरीले जनाएको छ ।