बेलबारीः तास खेलिरहेको स्थानबाट प्रहरीले १५ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मङ्गलबार सुन्दरहरंैचास्थित गोठगाउँबाट १५ जना जुवाडे पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले सुन्दरहरैंचा–७ गोठगाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । गौतमराज पोखरेलको घरमा जुवा खेल्दै गरेको अवस्थामा नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । ९७ हजार ९ सय नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सजाद मिया, गौतमराज पोखरेल, मधुकुमार घिमिरे, टेकबहादुर बिक, रेवत रायमाझी, भुपाल पौडेल, काजीराम बस्नेत, कुलप्रसाद लुइँटेल, जयप्रसाद घिमिरे, हिरण्यप्रसाद कोइराला, गोपाल पौडेल, प्रदीपकुमार साह, विनोद चौधरी, उमेशबहादुर मगर र काजीमान बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।