धरानः यही कात्तिक ३ गते बेलुकी पौने ५ बजे टेम्पोको भाडाको विषयमा विवाद हुँदा छुरा हानी फरार भएका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान– १७ बस्ने २२ वर्षीय लोकेन्द्र राईलाई धरान ११ निवासी २८ वर्षीय कृष्ण राईलगायतले कुटपिट गरेका थिए । छुरा प्रहारसमेत भएको सो घटनामा संलग्न ४ जनालाई सोही दिन पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न कृष्ण राई फरार भएका थिए ।

उनी काठमाडौंमा रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कात्तिक १४ गते फेला पारिएको बताइएको छ । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।