बेलबारीः मोरङ र झापाको सिमानामा पर्ने मावा खोला किनारमा गाई, बाख्रा चराउँदै गर्दf बगेका ५५ वर्षीय नुनुलाल पण्डितलाई प्रहरीले उद्धार गरेको छ । झापाको दमक – ४ का पण्डितलाई आइतबार साँझ गाईबाख्रा चराएर फर्कंदै गर्दा मावा खोलाले बगाएको थियो ।
बाढीले बगाएर केही तल पु¥याएपछि खोलाको बीचमा रहेको पुलको पिल्लरमा केही बेर अडिए पनि त्यहाँबाट पनि बाढीले उनलाई बगाएको थियो । बाढीले मानिस बगाएको खबर सुन्नासाथ तत्काल घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको थियो ।
बाढीले बगाएर ३ सय मिटर तल पु¥याएपछि पण्डितको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरीका निरीक्षक रामसिंह भण्डारी र नेपाल प्रहरीका नायब निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा टोली खटिएको थियो ।
पण्डितले चराउँदै गरेका २ वटा गाई र ३ वटा बाख्रालाई पनि खोलाले बगाएको थियो । बगाउँदै अलि तल पु¥याएपछि गाई र बाख्रा भने खोलाको बीचमा रहेको पुलको पिल्लरमा अडिएर बसेका थिए । पण्डितलाई उद्धार गरिसकेपछि प्रहरीको संयुक्त टोलीले गाई र बाख्रालाई पनि खोलाबाट उद्धार गरेको थियो । डोरीको सहायताले गाई र बाख्राको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धारपछि उनले भने, ‘बाढी आएको देखेर भाग्न खोज्दाखोज्दै बाढीले बगाइहाल्यो । प्रहरी नआइपुगेको भए मर्ने रहेछु ।
यसअघि असार २१ गते आएको बाढीले ६ वर्षीय बालकलाई बगाउँदा पनि प्रहरीले उद्धार गरेको थियो । मोरङको केराबारी –७ स्थित खदम खोलामा खेल्ने क्रममा बगेका अनसल दुलाललाई प्रहरीले उद्धार गरेको थियो ।