इटहरीः रक्सि खाएर एम्वुलेन्स चालक कुटपिटमा संलग्न भएकाे भन्दै दुहवीका चन्दन राैनियारलाइ प्रहरीले पक्राउ गरेकाे छ । हिजाे साँझ रक्सिले मातेका राैनियारले बीनाकारण इटहरी ५ का गाेपाल निराैलालाइ कुटपुट गरेकाे पीडितका परिवारजनले जानकारी दिएका छन् ।
पीडितकाे करङ भाँचिएकाे बताइएकाे छ । उनकाे विराटनगरमा उपचार भइरहेकाे छ ।
इलाका प्रहरी कार्यालय दुहवीमा प्रहरी निरिक्षक प्रविण कार्कीले एम्वुलेन्स चालक पीटिएकाे पुष्टि गरे । उनका अनुसार कुटपिटमा संलगन राैनियार प्रहरी नियन्त्रणमा छन् । अहिले दुहवी प्रहरी कार्यालय परिसरमा दजर्नाैँकाे सँख्यामा एम्वुलेन्स चालक एम्वुलेन्ससहित भेला भएका छन् । उनिहरूले दाेषिलाइ हदैसम्म कारवाहीकाे माग गरेका छन् ।
राैनियार स्थानीय सँचाकर्मीसमेत हुन् ।