विराटचौंक ः गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले १९ वर्ष अघि निर्माण भएको शुवर्ण फार्मेसिटिकलको भवन जीर्ण बन्दै गए पनि सम्बन्धित निकाय बेखबर बनेको छ ।
सरकारले सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन विभिन्न खालका कार्यक्रम त ल्याएको छ तर स्वास्थ्य क्षेत्रका ठुलठुला पुर्वाधारहरु अलपत्र र जीर्ण अवस्थामा रहेदा पनि कसैले चासो देखाएका छैनन् ।
मोरङको सुन्दरहरैंचा नरपालिका वडा नम्बर ११ मा रहेको शुवर्ण फार्मेसीटीकल भवनको अवस्था दयनिय हुँदै गएको हो । २०५७ सालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन प्रमुख शेखर कोइरालाले उद्घाटन गरेको भवन अलपत्र बन्दै गएको छ । तुन्दी कन्ट्रक्सनले निर्णण सुरु गरेर २ सय ४० कोठा भएका ४ वटा अत्याधुनिक भवन बनाएको छ । ५ बिघा क्षेत्रफलमा फैलिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामीत्वमा रहेको सो भवन आन्तरिक खिचातानीले प्रयोग विहिन भएको हाल भवनको रेख देख गर्ने वीपीका कर्मचारी कृष्ण प्रसाद न्यौपानेले बताए ।
विपीका तत्कालिन डा. भोगेन्द्र आचार्यका अनुसार, गाउँ गाउँमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यले सो भवन निर्णण गरिएको र यस अघि कमलमणी दिक्षितले भक्तपुरको आर्मी क्याम्प छेउमा यस्तै प्रकारको भवन बनाएका थिए तर त्यहाँ चलाउन नसके पछी तत्कालिन इन्द्रपुर गाविस वडा नम्बर ७ बेलेपुरमा बनाउने निर्णय भएको बताए ।
शुवर्ण फार्मेसीटीकलले पेनसिलिन र ट्याब्लेट औषधि बनाउन भनेर अत्याधुनिक भवन बनाएको थियो । अहिले कुनै प्रयोजन विना वषौँ देखि अलपत्र अवस्थामा रहदा कसैको यस प्रति ध्यान गएको देखिदैन ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले यस अघि विपीका प्रतिनिधि धेरै पटक कुरा भएको र अब संमन्वय गरेर चाडै नै बैठक गरी यसका विषयमा काम कार्वाहि अगाडि बढाउने बताए ।