सिद्धबाबामाथि बलात्कारको आरोप , प्रहरीले जाहेरी लिन मानेन

  • मंसिर १३, २०७६
  • २८० पटक पढिएको
  • प्रदेश पोर्टल
alt


इटहरी ः बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो । सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन् । तर, प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको छ ।
आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीले अझै जाहेरी दर्ता गरेको छैन । सिद्धबाबाकै प्रभावमा परेर प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए । ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको होरहोइन, हामी अनुसन्धानकै क्रममा छौँ ।’

 आश्रममै रहेका सिद्धबाबासँग प्रहरीले सोधपुछसमेत गरेन
 बुधबार नै त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले न जाहेरी दर्ता गरेको छ न त आरोपीलाई पक्राउ गरेर अनुसन्धानमै चासो दिएको छ । जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार बिहीबार बेलुकासम्म प्रहरीले सिद्धबाबामाथि सोधपुछसमेत गरेको छैन । उनी आश्रममै छन् ।

  स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गएका थिए । सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो । मंगलबार नै सिआइबीले सुनसरीमा जाहेरी पठाए पनि सुनसरी प्रहरीले अनुसन्धानमा चासो नदिएको हो । सिआइबीले घटनाको अनुसन्धान गरी त्यसबारे जानकारी दिनसमेत सुनसरी प्रहरीलाई निर्देशन दिएको थियो । सिद्धबाबा यसअघि पोखरामा नौ दिनसम्म समाधि बसेको भनेर चर्चामा आएका थिए । उनीमाथि दुईवटा नागरिकतालगायतका विवादका विषयमा प्रशासनमा उजुरी छन् ।

 सुध्रिएन प्रहरीको कार्यशैली
  महिलासम्बन्धी अपराधका घटनामा लापरबाहीका कारण प्रहरी पटक–पटक बदनाम भइसकेको छ । तर, पनि प्रहरी कार्यशैली सुध्रिएको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गर्दा प्रहरीले विश्वास गुमायो । सुरुमा हराएकी निर्मलालाई खोज्न प्रहरीले चासो दिएन भने पछि शव भेटिएपछि प्रमाणको सुरक्षामा लापरबाही भएको थियो ।

त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा समेत प्रहरीले सुरुमा घटना लुकाउन खोजेको थियो । बलात्कार प्रयास भयो भनेर महिलाले उजुरी गर्दा घटनास्थल पुगेको प्रहरी मुचुल्का नै नगरी फर्किएको थियो । पछि दबाब सिर्जना भएपछि भोलिपल्ट दिउँसो मात्र प्रहरी मुचुल्काका लागि घटनास्थल पुगेको थियो । जसकारण महराको मुद्दामा फिंगर प्रिन्टलगायत प्रमाण प्रहरीले संकलन गर्न सकेन । अझै पनि सकेसम्म कतिपय घटना लुकाउने खोज्ने प्रवृत्ति सुनसरी घटनाले समेत देखाएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस

आजबाट भद्रपुर–ताप्ले ...

भद्रपुर :निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेक ...

गाउँमा जनताको समस्य ...

भोजपुर :निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको ...

त्रिविका कर्मचारीहरू ...

  धरानः यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरूले सोमबार अपराह्न १२ देखि २ बजेसम्म आ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved