इटहरी ः आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप खेपिरहेका सुनसरीको इटहरी २० स्थायी घरभई चतराधाम बसोबास गर्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले भोलि अर्थात आइतवार प्रहरीले जिल्ला अदालत सुनसरी पेश गर्ने भएको छ । पिडित भनिएकी महिलाको जाहेरी बिहिबार प्रहरीले दर्ता गरेपछि सुक्रबार अदालतले कृष्णदासलाई पक्रा उगर्न प्रहरीलाई अनुमति प्रदान गरेको थियो । प्रहरीले पक्रा उगर्न अदालतबाट पुर्जी पाउनसाथ कृष्णदास भने बिरामी परेर अस्पताल भर्ना भएका छन् ।
एनि पक्राउ पर्ने पक्कापक्की भएपछि उनको मुटुमा समस्या आएको थियो । लगत्तै हिजो उनि आफ्ना केही अनुयायी सहित बिराट नरसिंह होम भर्ना भएका थिए । उनको प्रहरीको निगरानीमा उपचार भईरहेको छ । कृष्णदासले नाटकिय शैलीमा प्रहरी निगरानीमा अस्पतालमै बस्न मन गरेको आलोचना पनि भईरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतवार(भोलि) उनलाई एम्बुलेन्समा हालेर भएपनि जिल्ला अदालत पेश गराईने छ ।
प्रहरीले पिडित भनिएकी महिलाको जाहेरी दर्ता गरेसगै अब कृष्णदास बिरुद्ध कानूनी तवरबाट अनुसन्धान हुनेछ । उनलाई आइतबार अदालतमा पेश गरी पहिलो चरणको म्याद थप गरिने छ । म्याद थपसगै प्रहरीले जाहेरीवालाले दिएको निवेदन अनुसारको घटनाको बिषयमा प्रारम्भीक अनुसन्धान गर्ने बाटो खुल्ने छ । पक्राउ परेको २४ घण्टा अगावै म्याद थप गर्नुपर्ने भएकाले उनलाई अस्पतालबाट सिधै अदालत ल्याइने बताइएको छ ।
जवरजस्ती करणी सम्बन्धि मुद्धा भएकाले प्रहरीले पहिलो चरणमा घटनाको वास्तबिकताको अनुसन्धान गर्नेछ । जसमा करणी भएको घटनास्थलको मुचुल्का, महिलाको मेडिकल परिक्षण, आधार प्रमाण संकलन र बयान गराउने छ ।
आरोप लगाउने महिलाले पठाएका फेसबुकका म्यासेज भने बाहिर आइसकेको छ । जसमा ति महिलाले एकोहोरो रुपमा कृष्णदासलाई म्यासेज पठाउदै नजिक हुन खोजेको देखिन्छ ।
घटना भएको कार्तिक ४ गतेको कल डिटेल पनि प्रहरीले आइतबारसम्म निकाल्ने बताइएको छ । महिलाको दाबी अनुसार कृष्णदासले नै फोन गरेर आफुलाई आश्रममा बोलाएको भनिएको छ ।
सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलका अनुसार कृष्णदासमाथि लागेको आरोपको बिषयमा प्रारम्भीक अनुसन्धान भइरहेको मात्र जानकारी दिए ।
पक्राउ परेका कृष्णदासको सम्बन्धमा प्रहरीले अब अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउनु पर्ने या नपर्ने भन्नेबारे रायसहितको सुझाव बुझाउने छ । प्रहरीले २५ दिनभित्र रायसहितको सुझाव पेश गर्नेछ ।
सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनको विश्लेषण गरी मुद्दा चलाउनु पर्ने देखिएको अवस्थामा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गर्नेछ । त्यसपछि थुनछेकको बहस हुनेछ । करणी प्रयास प्रमाणित भएमा कम्तिमा तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
हिरासतमा नबस्ने अडान
कृष्णदासले प्रहरी हिरासतमा नबस्ने अडान लिएका छन् । उनले सरकारका माथिल्लो निकाय तथा नेताहरुलाई फोन गरी अनुसन्धान पुरा नहुन्जेलसम्म अस्पतालमै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
उनको पक्षमा बिराटनगरका ठुला उद्योगी व्यवसायीले पनि अस्पतालमै बस्ने वातावरण मिलाउन माथिल्लो निकायमा ‘लबिङ’ गरिहेका छन् । यता घटनाको अनुसन्धानमा पूर्ण रुपमा कृष्णदासले सघाउने पक्षमा रहेको उनि निकट एक व्यवसायीले बताए । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य छ । बिराटनगर नर्सिङ होममा पुग्दा कृष्णदासले पत्रकारसँग बोल्न मानेनन् । उनले ‘समय आएपछि बोल्छु’ भन्ने जवाफ मात्र दिएका छन् ।
काठमाडौंस्थित महानगरीय प्रहरी परिसर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा जाहेरी लिन नमिलेपछि पिडित भनिएकी महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा जवरजस्ती करणी सम्बन्धि मुद्धा दर्ता गरिन् ।
लगतै सुक्रवार कृष्णदास बिरुद्ध सुनसरी जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । तर सुक्रबार बिहानदेखि कृष्णदासको मुटुमा समस्या देखिएको भन्दै उनलाई प्रहरीको निगरानीमा बिराटनगरको बिराट नर्सिङ होममा भर्ना भएका थिए ।