इटहरी ः दोहोरो नागरिकता लिएको , सार्वजनिक जग्गा मिचेर भौतिक संचना बनाएको , आफ्नै भाईलाई ठगेको लगायतका बिषयमा विवादमा रहेका आफुलाई सिद्धबाबा भन्ने कृष्णबहादुर गिरी(कृष्णदास)ले आफ्नै गल्ति स्वीकार गरेका छन् ।
 विराटनगर स्थित विराट नरसिंह होमको बेड नम्बर ५ मा प्रहरी निगरानीमा उपचारको बहाना बनाएर बसेका कृष्णदासले पिडित महिलालाई आफुबाट गल्ति भएकाले आफुलाई बचाई दिन आग्रह गरेका छन् । हिजो राती न्यूज २४ले उनले मोबाइलबाट बलात्कारको शिकार भएकी महिलालाई फोन गरि आफुबाट गल्ति भएकाले बचाई दिन रोईकराई गरेको अडियो सार्वजनिक गरेको छ ।
 कृष्णदासले फोन मार्फत घटनामा महिलाको दोष नभएको आफ्नो मात्र दोष भएको बताएका छन् । उनले अबका दिनमा महिलामाथि यौन शोषण जस्ता कार्य नगर्ने कसम खाएका छन् । उनले अब आफु गल्ति नगर्ने र सुध्रने बताएका छन् ।
कृष्णदासले फोन मार्फत आफुले गल्ति नगर्ने बताईरहदा बलात्कारको शिकार भएकी महिलालाई म जस्तै अन्य महिला अनुयायीहरु फेरी पनि बलात्कारको शिकार नहोला भन्ने के ग्यारेण्टी छ ? भनेर प्रश्न गरेकी छन् । जवाफमा कृष्णदासले बरु म मेरो लिङ काटेर फ्याकि दिन्छु भनेका छन् । हिजो उनको अडियो सार्वजनिक भएसंगै अब प्रहरीलाई उनलाई पक्राउ गरेर हिरासतमै राख्ने ठूलै दवाव परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज कृष्णदासलाई जिल्ला अदालत पेश गरि म्याद थप गरिने छ । संभवत आज नै उनलाई हिरासतमा राखेर बलात्कार घटनाका बिषयमा अनुसन्धान थाल्ने छ ।