झापा: झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट रु १३ लाखभन्दा बढीको सुपारी बरामद गरेको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले चार हजार ६२० केजी अन्दाजी रु १३ लाख ८६ हजार बराबरको सुपारी बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।