इटहरीः नेपाली कांग्रेसका सह- महामन्त्री प्रकाश शरण महतले ओली नेतृत्वको सरकार पार्टिकरण प्रक्रियामा अगाडि बढेको बताएका छन् । प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले सरकारसंग जनता वाक्क भइसकेको बताए ।
नेकपाले चुनावकाे अवसरमा बाँडेका आश्वासन झुटा साबित भएका र यसको फैसला आगामि ४ बर्षमा जनताले गर्ने उनको भनार्इ थियो । 'कर बढाउन र भ्रष्टाचारीलाई प्रशय दिने काममा सरकार उद्द्त देखियो।', उनले भने- 'एयरलाइन्स प्रकरणमा जहाज खरिद गर्दा बिचौलिया हाबी भएको घटनाले नै सबै प्रष्ट हुन्छ ।'
विवादित दिगम्बर झालाई दुरसंचार प्राधिकरणको प्रमुखमा नियुक्ति गरिनुले भ्रष्टाचारलाई सरकार प्रसय दिएकाे स्पष्ट भएकाे उनकाे उनको भनाइ थियो । सरकारको आलोचनामै समय खर्चेका महतले सरकार उत्पादनमा भन्दा बितरणमा जोड दिन लागी परेको बताए ।
'सरकार बारम्बार चुकिरहेको छ, शान्ति सुरक्षामा सरकार चुकेको छ ।', उनले भने, 'रोल्पामा तरुण दलका नगर सभापतिको हत्या निन्दनीय छ । हामी यो सरकारलाई बारम्बार खबरदारी गर्दैछौ ।'
पार्टी पंतिभित्र ब्याक्तीबादी चरित्र हाबी भएको भन्दै उनले अब हुने महासमितिको बैठकले पार्टीलाई पुनर्जीवन दिने बताए ।