इटहरीः महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्री लाई बजारिकरण तथा ब्यवसायिक प्रर्बधन गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा शनिवारबाट ९ दिने राष्ट्रिय उद्यमशील महिला मेला हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक संस्था नेपाल उद्यमशील महिला महासंघले जनाएको छ । बिहिबार मेला स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी पुरा भएको जानकारी समेत दिइएको छ ।
नेपाल उद्यमशील महिला संघ इटहरीकी महासचिव सुमी थापका अनुसार मेला मंसीर २८ गते देखि पुष ६ गते सम्म इटहरी स्थित नेपाल टेलिकम कार्यालय उत्तरपश्चिममा रहेको कर्मचारी संचयकोषको खाली जग्गामा संचालन हुने छ । मेला अवधिभर उद्यमशील महिलाहरुद्धारा उत्पादित सामाग्रीहरुको बजारीकरण साथै प्रर्दशन गरिने महासचिव थापाले बताइन् ।
महिलाहरुले उत्पादन गरेको सामग्रीलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउनका लागी यो मेलाको आयोजना उनले बताइन् । प्रदेश नम्बर १ को इटहरीमा दोस्रो पटक ब्यवसायीक मेलाको तयारी हुन लागेको नेपाल उद्यमशील महिला महासंघकी केन्द्रीय अध्यक्ष देबिका बुढाथोकीले बताईन ।
मेलामा ४४ जिल्लाका उद्यमी महिलाहरुको स्टल रहने जनाईएको छ । स्टलमा महिलाहरुले बनाएका हस्तकालाका समान साथै खाध्यान्न गुन्द्रुक , साथै मस्यौरा,अचार लगायतका सामानहरु स्टलमा राखिने अध्यक्ष बुढाथोकीले बताईन ।
बिहिबारसम्म ८५ वटा स्टल बुकिङ भई सकेको र मेलामा करिब दुई करोडको भन्दा बढि कारोबार हुने अपेक्षा समेत गरिएको उनको भनाई छ । मेलामा १ सय स्टल रहने छन् । शारिरिक रुपमा दुर्वल भएका उद्यमशिल महिलाहरुका उत्पादनहरु राख्नका लागि निःशुल्क स्टल समेत उपलब्ध गराइएको महासचिव थापाले बताइन् ।
उनका अनुसार महासंघले अहिले २ सय महिलाहरुलाई व्याग बनाउने उद्यशिलता तालिम प्रदान गरिएको छ । सहभागीहरुले तालिम अवधिभर बनाएका व्यागहरु महासंघले उचित मुल्यमा खरिद गर्ने व्यवस्था समेत मिलाएको नेपाल उद्यमशील महिला संघ इटहरी उपमहानगरकी महासचिव थापाले बताइन् । मेलाको प्रदेश नम्बर १ का वन वातावरण, पर्यटन तथा उद्योग मन्त्री जगदीशप्रसाद कुसियतले शनिवार एक भब्य कार्यक्रमका बीच उद्घाटन गर्ने निश्चित भएको थापाले बताइन् ।