वाणिज्य संघले वितरण गर्यो सामाग्री

  • मंसिर २७, २०७६
  • २७४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

 

इलामःइलाम उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवद्र्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ । दक्षिणकाली प्लाष्टिक उद्योग, गोरखकाली सिमेन्ट उद्योग र एक्सल डेभलपमेन्ट वैंकको सहयोगमा ४० थान पानी ट्यांकी, ४० थान एलपी ग्यास सिलिण्डर र ४० वटा भट्टि चुल्हो र एक हजार दुईसय मिटर जिआई पाइप वितरण गरेको हो । वाणिज्य संघको शाखा कार्यालयले राँके, जीतपुर, चमैता, सिद्धिथुम्का, पञ्चमी, लिङदिन, क्याबङु, बुधबारे, चमैता, बरभञ्ज्याङ, फुदुक, हात्तिढुङ्गे क्षेत्रका व्यवसायीहरुको समुह बनाएर सामग्री वितरण गरेको हो ।
प्रत्येक समुहलाई पानी ट्यांकी, ग्यास सिलिण्डर, ग्यास चुल्हो र पाइप वितरण गरेको हो । ‘व्यवसायीहरुको समुहमा वितरण गरिएको सामान आवश्यकता अनुसार स्थानीयले पनि प्रयोग गर्न पाउनेछन्’, इलाम उद्योग वाणिज्य संघ शाखा कार्यालय मंगलबारेका अध्यक्ष तारा थापाले भने, ‘हामीले वितरण गरेको सामग्री प्रयोग गरेबापत कसैले पनि शुल्क तिर्नुपर्नेछैन ।’ बाणिज्य संघ शाखा कार्यालयले नगर क्षेत्रका सवै व्यवसाईलाई संगठित गर्ने उद्देश्यले सामग्री वितरण गरको हो । यस्तै एक्सल डेभलपमेन्ट वैंकले देउमाई नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका १७ जना विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण गरेको छ ।
प्रदेशसभा सासंद राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दक्षिणकाली प्यालिष्टक उद्योगका नमिन अग्रवाल, गोरखकाली सिमेन्ट उद्योगका तिर्थराज ढकाल, एक्सेल डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेस पोख्रेल, इलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालु लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

संविधान दिबसको अबसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा रक्तदान कार्यक्रम

इटहरी ।  संविधान दिबसको अबसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रम आयोजना गरेको ...

जनाचेतनामूलक साइकल यात्राबाट इटहरी जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

इटहरीः सुनसरीको इटहरीमा रहेका विभिन्न जेसिजहरुले जनचेतनामुलक कार्यक्रमबाट जेसिज सप्ताहको सरुवात गरेक ...

संक्रमितले नै चोरे चतरा धामको आइसोलेसनबाट सामान

इटहरीः सुनसरीको बराहक्षेत्रको चतरा धाममा रहेको अइसोलेसन कक्षबाट सामान चोरी भएको छ । आइसोलेसनमा संक्र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved