सिलिचोङका सबै वडामा स्थानीय बिजुली

  • मंसिर २९, २०७६
  • २८४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


खाँदबारीः अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् ।

पर्याप्त खोलानाला भएको सिलिचोङमा स्थानीय खोलानालाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ । तिनै जलविद्युत्का कारण उनीहरु उज्यालोमा बस्छन्, केन्द्रीय प्रसारण लाइनको चिन्तासम्म छैन । स्थानीयस्तरमा उत्पादन भएकाले महसुल पनि सस्तो छ । विद्युत् नपुगेको गाउँ सिलिचोङ–१ सिसुवाखोलामा पनि लघुजलविद्युत् निर्माणको काम धमाधम भइरहेको छ । साविक सिसुवाखोला गाविसको ४ देखि ९ सम्मको वडामा अहिलेसम्म पनि विद्युत् लाइन पुगेको छैन । यो वर्ष पु¥याउन सबै लागिपरिरहेका छन् ।

यी बस्तीहरुमा विद्युत् नपुगेकै कारण गएको तीन वर्षदेखि स्थानीय सिसुवाखोलबाट विद्युत् निकाल्ने काममा स्थानीय दिनरात खटिइरहेका छन् । सिसुवाखोला चटेक्मा लघुजलविद्युत् आयोजना नाम दिइएको आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुनेछ । वैकल्पिक ऊर्जा, सिलिचोङ गाउँपालिका र जनश्रमदानले ५८ किलोवाट क्षमताको लघुजलविद्युत् निर्माण गरिरहेका हुन् । दुई महिनापछि बिजुली बाल्न पाउने भएपछि स्थानीयवासी हर्षित छन् । गाउँलेहरु लाम लागेर बिजुलीका सामान बोक्छन् र जनश्रमदान गर्छन् ।

अब एक हप्ता श्रमदान गर्ने र गाउँपालिकाले विनियोजन गरेको रु २० लाख उपलब्ध भए दुई महिनाभित्र योजना सम्पन्न हुने निर्माण समितिका अध्यक्ष मञ्जिल कुलुङले बताउनुभयो । अहिलेसम्म विद्युत्गृह, कुलो निर्माण, खोलामा बाँध, बिजुलीको खम्बा गाड्ने, तार तन्काउनेलगायतका काम सकिएको उहाँले बताउनुभयो । “अब फोर वे ट्याङ्की, ओभरफ्लो कुलो, घरमा वायरिङलगायतको काम बाँकी छ”, उहाँले भन्नुभयो, बिजुलीको काम ९५ प्रतिशतभन्दा बढी सकिसक्यो, बिजुली बाल्ने अन्तिम तयारीमा छौँ ।” चालू आवमा विद्युत्लाई विनियोजन गरिएको बजेट तत्काल गाउँपालिकाले उपलब्ध गराए घरघरमा बिजुली पुग्न समय नलाग्ने समितिका अध्यक्ष कुलुङले बताउनुभयो ।

विद्युत् निर्माणका लागि रु ९४ लाख बराबरको सामग्रीहरु वैकल्पिक ऊर्जाले उपलब्ध गराएको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा रु ३६ लाख बजेट लगानी गरिसकेको छ । योजना सम्पन्न गर्नका लागि यो वर्ष पनि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । “हालसम्म २९० उपभोक्ताले ५५ दिनका दरले श्रमदान गरिसकेका छन्”, अध्यक्ष कुलुङले भन्नुभयो, “गाउँले दाजुभाइ बिजुली निकालेर बाल्न उत्साहित भएका छन्, उहाँहरु जनश्रमदानका लागि दिनरात नभनी काम गरिरहनुभएको छ ।”

“यो लघुविद्युत् निर्माण सकिएपछि सिलिचोङ गाउँपालिका–१, २, ३ र ४ को प्रत्येक घरमा विद्युत् पुग्नेछ”, गाउँपालिका अध्यक्ष कुलुङले भन्नुभयो, “केन्द्रीय प्रसारण कहिले आउने हो टुङ्गो छैन, हामी साना खोलाबाट निस्किएको बिजुलीले सिङ्गो गाउँ उज्यालो बनाउन लागेका छौँ । अब गाउँ झिलिमिली हुनेछ ।”

स्थानीयस्तरमा साना खोलाबाट निस्केका बिजुली सस्तो भएको र लोडसेडिङको समस्या नभएको उहाँले बताउनुभयो । “वर्षमा दुईपटक सरसफाइ र मर्मत गर्दामात्र यो बिजुली बन्द गरिन्छ”, कुलुङले भन्नुभयो, “दुर्गममा बसेका छौँ, तर शहरबजारको जस्तो झ्याप्पझ्याप्प बत्ती गएर अँध्यारोमा बस्नु परेको छैन, यो हाम्रो लागि खुशीको कुरा हो ।”

गाउँपालिका अध्यक्षका अनुसार वडा नं ५ मा भने केन्द्रीय प्रसारण लाइन जडानका लागि पहल भइरहेको छ । यो वडामा विद्युत् जडानका लागि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा काम भइरहेको कुलुङले बताउनुभयो । विद्युत् पु¥याउन नसकिने दुर्गम गाउँबस्तीमा भने सौर्य बत्ती पालिकाले निःशुल्क उपलब्ध गराएको छ ।
–––

प्रतिक्रिया दिनुहोस

स्थानीय सरकारको धज्जी उडाउँदै चिया उद्योग, नगर प्रमुख भन्छन मापदण्ड नमानेर धरै छैन

इलामः इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने ...

विराटनगरको चर्चित व्यापारिक घराना डुब्यो ऋणमा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया

इटहरीः लकडाउन पूर्ण रुपमा खुलेकै दिन राष्ट्रिय वाणिज्य बैंकले पहिलेदेखि डुबेको एउटा ऋण उठाउने प्रक्र ...

इटहरीमा सात जना बालबालिका सहित ३४ जना संक्रमित, संक्रमित संख्या ४ सय नजिक

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगर स्रोतक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved