ग्रामथान (माेरङ) / अाधारभुत शिक्षा प्रदान गर्ने शिक्षिकाले अाफुलाइ भेदभाद गरेकाे भन्दै अान्दाेलन गरेका छन् । ग्रामथान गाउँपालिकामा कार्यरत ७२ जना शिक्षिकाले ग्रामथान गाउँपालिकामा पुगी अाफ्नाे समस्या सम्बाेधन गर्न माग गरेका हुन ।
शिक्षिकाहरू एक जुट भएर गाउँपालिका पुगि अध्यक्षा, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत समक्ष अाफ्ना माग राखेका छन् । उनिहरूले दिनभर काम गर्ने मजदुरकाे जति पनि तलब नभएकाे भन्दै तलबबृद्दिका लागि सहजिकरण गरिदिन अाग्रह गरेका हुन । १ नम्बर वडाकी शिक्षिका मिठु सरदारले सरकारले अाधारभुत शिक्षालाइ विद्यलयमा गाभिसकेकाे हुँदा शिक्षक साे सरह सेवा सुबिधा दिनुपर्ने माग राखिन । अर्की शिक्षिका विष्णु माझिले दिनभरी काम गर्ने मजदुरले ५ सय कमाउँदा अाफुले मुस्किलले २ सय मात्र कमाउने गरेकाे दुखेसाे पाेखिन ।
गाउँपालिकामा अाएका अधिकाँश शिक्षिकाले सा साना नानीहरू पढाउन निकै गाह्राे हुने भन्दै महिला शिक्षिका भन्दा अरूले पढाउनै नसक्ने बताए । उनिहरूले बढि मेहेनत गर्नु पर्ने कक्षा भएर पनि अाफुलाइ हेपिएकाे भन्दै सरकारले समस्या सम्बाेधन गरिदिनुपर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमाेदकुमार चाैधरीले शिक्षिकाकाे समस्याका बारे ध्यानाकर्षण भएकाे बताए । उनले शिक्षिकाहरूकाे माग जायज भएकाे भन्दै उनिहरूलाइ अान्तरिका रूपमा सहयाेग गरिने बताए ।