धरानःकार्यक्रममा ढिलो आएको भन्दै पत्रकारलाई आक्रमण गर्ने सल्लेरी बचत तथा ऋण सहकारी संस्था बचतकर्ता संघर्ष समितीका पदाधिकारीहरुलाई कडा कारवाही गर्न सुनसरीका पत्रकारहरुले माग गरेका छन् ।
गत २६ गते विहिबार संघर्ष समितीले उनलाई घरबाटै बोलाएर कार्यक्रमस्थलमा लगि आक्रमण गरेका थिए । आइतबार धरान स्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा भएको जिल्लाका पत्रकारहरुको छलफलमा दोषिहरुलाई कडाकारवाहीको माग गरेका छन् । महासंघ सुनसरीका उपाध्यक्ष समेत रहेका काफ्लेको आक्रमणबाट आँखाको आँशु आउने नशा चुट्टिएको छ भने नाकको डाँडी भाचिएको छ । विराटनगर आँखा अस्पतालमा आँखाको अप्रेशन पछि उनी आराम गरिरहेका छन् ।
छलफल पश्चान महासंघ सुनसरीले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानमा ध्यानाकर्षणपज्ञ बुझाउने कार्यक्रम तय गरेको छ । काफ्ले माथि आक्रमण गरेको आरोपमा संघर्ष समितीका अध्यक्ष सहित ६ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरि ७ दिनको म्याद थप गरिसकेको छ । इलाका प्रहरी कार्यालय धरानले वडा नं. १० का नरेश शाही ठकुरी, धरान वडा का ४ दीपक राई, वडा नं. १५ की संगीता राई र सोही वडाका तुलसीप्रसाद विक सहित अन्य दुई जनालाई पक्राउ गरि अनुसन्धान थालेको छ । पक्राउ परेका ६ जनालाई नै कुटपिट तथा अंगभंगमा अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले प्रहरीलाईं सात दिनको म्याद दिएको हो ।
विभिन्न दबाबमा दोषिले उन्मुक्ति पाउने देखिए पछि महासंघले पिडकलाई कडा कारवाही गर्न माग गर्दै प्रशासन सहित प्रहरीलाई ध्यानाकर्षण गराउने भएको छ । ‘कुनै पनि हालतमा दोषिले उन्मुक्ति पाउनुहुदैन्’, नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश विद्रोहीले भने, ‘यस्ता घटनाहरु दोहोरिन नदिन पनि पत्रकार माथि आक्रमण गर्नेलाई कडा कारवाही हुनुपर्छ ।’
पत्रकारहरु माथि बढ्दै गएको आक्रामणले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता हनन् हुने भएकाले भयरहित रुपमा पत्रकारिता गर्न पाउनु पर्ने अवश्थाको शिर्जना गराउन प्रशासन प्रहरीलाई पनि सचेत गराउने छलफलमा सहभागिहरुले जनाएका छन् । कार्यक्रममा सहभागिहरुले पिडकलाई कडा कारवाहीको दायरमा ल्याउन कानुनी परामर्श सहित सम्बन्धित पक्षलाई दबाब दिन आवश्यक रहेको बताए ।