गाउँमा जनताको समस्या सुन्नमा ब्यस्त भोजपुरका सांसद किराँती

  • मंसिर ३०, २०७६
  • ६७१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

भोजपुर :निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको विपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थाल्नुभएको छ । उहाँले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताइरहनु भएको छ ।

sudan kirati

सांसद राईले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।’’ कतिपय स्थानीयले अन्य सबै सुविधा नदिए पनि बाँदरको कारण बस्तीखाली भएको बताउँदै सो समस्या समाधान गरिदिन माग गरेका छन् । जनताको जिज्ञासामा सांसद राईले भन्नुभयो, ‘‘ जिल्लामा धेरै समस्या छन् तर बाँदरको समस्याले बस्तीखाली भएको सुनाउनु भएकोले छ, यस विषयमा म संसद्मा कुरा उठाउँछु ।’’

sudan kirati 3

अभियानबाट जनताले केन्द्र सरकारले के गरिरहेको छ, प्रदेश सरकारको योजना कस्तो छ, स्थानीय सरकारको भूमिकाको विषयमा जानकारी लिइरहेका छन् । जनता नै आफ्नो पाठशाला रहेको बताउने राईले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताउनुभयो । आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीय ज्ञानेन्द्र राईले भन्नुभयो, ‘‘आफूले जिताएको सांसदसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम अन्य सांसदले पनि ल्याउन आवश्यक छ ।’’

सांसद किरातीले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । यस पटक उहाँले एक महिनासम्म गाउँगाउँ डुलेर जनताका समस्या सुन्नु भएको हो । भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

इटहरी जेसीजको हाजिरिजवाफमा तरहरा जेसीज प्रथम

इटहरीः इटहरी जेसीजले आयोजना गरेको हाजिरिजवाफ प्रतियोगितामा तरहरा जेसीज प्रथम भएको छ । इटहरी जेसीजले ...

इटहरी उपमहानगरले दियो गाईभैसीलाई सुत्केरी भत्ता

इटहरीः इटहरी उपमहानगरले सुत्केरी गाईभैसीलाई सुत्केरी भत्ता दिने गरेको छ । इटहरी उपमहानगर पशुपंक्षी श ...

प्रदेश नं १ मा १ सय १४ संक्रमित थपिए

आषिका लम्साल विराटनगरः प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरगमा ८६, सुनसरीमा २ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved