इटहरीः सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप लगाउने महिलालाई प्रहरीले लागुऔषध कारोबारी भन्दै फसाउन खोजेको तथ्य फेला परेको छ । कार्तिक ४ गते गिरीले चतरास्थित आश्रममै जवरजस्ती करणी गरेको घटना गुपचुप बनाउन प्रहरीले ति महिलाको घरमा लागुऔषध राखेर पक्राउ गर्ने योजना बनाएको थियो ।
काठमाडौंमा रहेको डेरामा सादा पोसाकका प्रहरी घुसेर चरेस र हेरोइन राख्ने योजना असफल भएको ति महिलाको दाबी छ । एक्लै रहेको अबस्थामा कोठा एक्कासी खानतलासी गरेपछि आफुले चिच्याएर घरबेटी तथा डेरावाल महिला जम्मा गरेपछि प्रहरी भागेको उनले बताईन् । शुरुमा दुईजनाले कस्मेटिक सामान खरिद गर्न आएको र आफुले एउटा क्रिम किनेको केही समयमै ४ जनाको प्रहरीको टोलीले कोठाका खानतलासी गरेको उनको भनाई छ ।
ति महिलाका अनुसार कोठामा प्रहरीलेनै बोकेर ल्याएको लागुऔषध राख्न खोजेपछि चिच्याएर कराएको बताईन ।चतरामा जवरजस्ती करणी भएपछि काठमाडौं फर्किएको १५ दिनमा प्रहरीले यस्तो हर्कत गरेको उनको भनाई छ । घटनाको बिषयमा आफुले फेसबुकमा स्टाटस हालेको कारण फसाउन खोजेको उनको दाबी छ ।
घर खानतलासी गर्न आउने प्रहरीले पनि गुरुको बिषयमा ‘जे पाए त्यही लेखे सक्किने’ धम्की दिएको उनले बताईन ।
साथै आफु गिरीबाट अन्यायमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा दुई पटकको प्रयासपछि मात्र जाहेरी दर्ता भएको महिलाको दाबी छ । घटनाको बिषयमा जाहेरी लिएर पहिलो पटक प्रहरी कार्यालय जादा डिएसपी बिनोद शर्माले आफुलाई जाहेरी नहाल्न र मिल्न भनेको महिला बताउछिन् । पछि केन्द्रिय अनुसन्धान ब्यूरो पुगेपछि मात्र सुनसरीमा प्रहरीले जाहेरी लिन मानेको महिलाको भनाई छ ।
आत्महत्याको प्रयास
कार्तिक ४ गते आश्रममा जवरजस्ती बलात्कृत भएपछि महिलाले कोशीमा हाम फालेर आत्महत्या गर्ने प्रयास समेत गरेकी थिईन ।
टेलिफोनमा घटनाको बिषयमा कुरा गदै उनले भनिन् ‘आफुलाई यस्तो घृणित कार्य भएको भनेर आश्रमका अन्य महिलालाई भने तर कसैले पनि मेरो समर्थन गरेनन् । गुरुको बदनाम हुन्छ, अनिष्ठ हुन्छ भनेपछि सहन नसकेर कोशीको किनारमा पुगेको थिए । तर छोराछोरीको मायाले फर्किए’ ।
‘अहिलेपनि म गलत छैन, गिरीले मलाई जवरजस्ती बलात्कार गरेका हुन् । म माथि ठुलो अपराध भएको छ । मैले न्याए पाउनै पर्छ, नत्र अदालतमै बिष पिउन बाध्य हुनेछु’ ।
महिला भन्छिन् ‘श्रीमानको सर्पाेट नभइदिएको भए म बाच्ने थिइन होला’ ।
कृष्णदासलाई चौथो पटक ७ दिनको म्याद थप
जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई चौथो पटक फेरी ७ दिनको म्याद थप गरिएको छ । सोमबार सुनसरी जिल्ला अदालतमा गिरीलाई उपस्थित गराई ८ नं. इजलासका न्यायाधिस मणिराज न्यौपानेले थप अनुसन्धानको लागि म्याद थप गरेका हुन् ।
यता प्रहरीले घटनाको अनुसन्धान गरी बुझाएको मुद्धा (मिसिल) सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । तर सरकारी वकिल कार्यालयले भने मुद्धाको अनुसन्धान अझै बाँकी रहेको बताएको छ ।जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका न्यायाधिवक्ता गोकुल बहादुर निरौलाका अनुसार गिरीको अनुसन्धान पुरा भएपछि मात्र मुद्धा अदालतमा बुझाउने बताए ।
गिरीलाई पूंन बिराटनगरको बिराट नर्सिङ होम फर्काेइएको छ ।
अनुसन्धान अधिकृत परिर्वतन गर्न माग
कृष्णदासबाट पिडित बनेकी महिलाले घटनाको बिषयमा हाल अनुसन्धानको जिम्मेवारी पाएका विनोद शर्मालाई सो जिम्मेवारीबाट हटाउन माग गरेकी छन् । उनले शर्माले नै निवेदन लिएर पहिला जिल्ला प्रहरी कार्यालय सुनसरी जाँदा अनेक हर्कत र दुःख दिएर आफुलाई काठमाण्डौं सिआइबी कार्यालय जान बाध्य बनाएको बताइन् । डिएसपी शर्मा कृष्णदासको प्रलोभनमा परेर जोगाउने अभियानमा लागेको आफुले थुप्रै प्रमाणहरु संकलन गरेर राखेको उनले बताइन् । उनले सहि तरिकाले अनुुसन्धान गर्छन भन्ने विश्वास नभएको बताइन् । डिएसपी शर्माले जिल्ला प्रहरी कार्यालयमा निवेदन लिएर जाँदा गरेको व्यवहार र पछिल्ला दिनहरुमा घुमाई फिराई आफुलाई नै गलत बनाउने योजनाका प्रमाणहरु रहेको पनि पिडित महिलाले दावी गरेकी छन् । ती प्रमाणहरुलाई क्रमश सार्वजनिक गर्दै जाने उनको भनाई छ । पत्रकारदेखि लिएर डिएसपी शर्माले आफ्नै कार्यालयमा कार्यरत प्रहरी बृत्तमा यो झुत्री आमाईको पछि लाग्नु हुन्छ । यहि आइमाई फटाई हो भन्दै हिडेका प्रमाणहरुपनि आफुसंग रहेको उनले बताइन् । शर्मा कृष्णदासको आर्थिक प्रलोभनमा समेत परिसकेको र उसको भक्त भएको आफुले बुझेको पिडित महिलाको दावी छ । आफुले न्याय नपाए पैसाले कसरी पावर र कानूनलाई खरिद गर्छ भन्ने गतिलो उदाहरण सहित जहाँ जान पनि तयार रहेको पिडित महिलाले बताइन् ।