इटहरीः सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि जवरजस्ती करणीको जाहेरी दिने महिलाले आफु हिप्नोटाइज (सम्मोहन) गरी करणी गरेको दाबी गरेकी छिन् । गत कार्तिक ४ गते सुनसरीको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको गिरी बस्ने निजी आश्रममा बोलाएर करणी गरेको महिलाको दाबी छ ।
महिलाका अनुसार आफुलाई आश्रममा दर्शन दिने भन्दै बोलाएर हिप्नोटाइज गरी आश्रमको सोफामा जवरजस्ती करणी गरेको बताउछिन् ।
हिप्नोटाइज गरिएपछि आफ्नो शरिर अचेत भएको र क्रमश गिरीले आफ्नो शरिरका बिभिन्न अंगमा हात लगाउदै सोफामा लगेर जवरजस्ती गरेको बताउछिन् । सो क्रममा गिरी बस्ने कोठा भित्रबाट छुट्टै प्रकारको गन्ध आउने वासना आएपछि आफु बेहोस भएको महिलाको भनाई छ ।
उनिसँग गरिएको टेलिफोन कुराकानीमा घटना भएको क्षणको स्मरण उनले यसरी गरिन् ।
‘मलाई शुरुमा गोडा माड भन्नु भयो, असजिलो महसुस भएपछि मैले त्यो गरिन् । फेन चलाउनु भन्नु भयो । मैले फेन अन गरे । त्यसपछि मेरो शिरमा गिरीले हात राख्नु भयो । शरिरनै हावामा उडे जस्तो भान भयो । त्यतिकैमा त्यो छुटै प्रकारको गन्थ कोठमा फैलियो ।’
‘त्यसपछि म अचेत भए । गिरीले मेरो छातिमा हात छिराएको सम्म याद छ । बाँकी पछि होस आउदा आफु अर्को कोठामा लडेको पाए । टाँउको भारी भएको महसुस भयो । त्यसपछि मात्र आफु माथि जवरजस्ती करणी भएको थाहा पाए ।’ ‘लगतै ढौडिएर गिरीको आश्रममा पुगे । आफुलाई किन यस्तो अपराध गरेको भन्दा गिरीले ‘साधनाको भाव हो, भगवानको इच्छा पुरा भयो तिमी अब सौभाग्य भयौ’ भन्ने जवाफ फर्कोए ।’
आफुले त्यस बेला रुदै ‘किन यस्तो गर्नुभयो’ भनेर प्रश्न गर्दा अन्य अनुयायीले मलाई जवरजस्ती आश्रमबाट निकालेर महिला साधकहरु बस्ने ठाँउमा उनि बताउछिन् ।
महिलाका अनुसार गिरीले साधना गर्ने नाममा बिहान र बेलुका महिला तथा युवती मात्र ‘निजी सेवा’ मा राख्ने गरेको खुलासा गरिन् । जसमा आफुलाई जस्तै अन्य महिला तथा युवतीलाई यसरीनै हिप्नोटाइज गर्ने गरेको उनको दाबी छ । गिरीले प्राय राती युवतीहरुलाई निजी सेवामा बोलाउने गरेका छन् ।
जाहेरी दिने महिलाका अनुसार आश्रम भित्र साधनाको नाममा यसरीनै गिरीले प्राय महिला साधकहरुलाई जवरजस्ती गर्ने गरेको दाबी गर्छिन । उनले घटनापछि गिरीको बारेमा अन्य महिलासँग कुरा राख्दा महिला साधकहरुले पनि यसलाई ‘सौभाग्य’ को रुपमा लिन सुझाप दिएको उनले बताईन् ।
के हो हिप्नोटाइज (सम्मोहन)
सम्मोहन निकै बहस तथा विवादको विषय भएको छ । यस क्षेत्रका विशेषज्ञहरू समेत यसको व्याख्या गर्न कठिन मान्छन् । साधारणतया सम्मोहनले अक्सर सुझबुझ फरक भएको वा मोहित अवस्थालाई बुझाउँछ । तथापि, अधिकांश मानिसहरू सम्मोहन के हो भन्ने कुरामा भन्दा यसले के गर्न सक्छ, त्यसमा धेरै चासो दिन्छन् ।
हालैका वर्षहरूमा चिकित्सकहरूले उपचारको लागि सम्मोहन विधि अपनाउने सुझाव दिनु सामान्य हुन थालेको छ । उदाहरणका लागि, साइकोलोजि टुडे पत्रिका यसो भन्छः“सम्मोहन उपचार टाउको दुखेको, प्रसुती व्यथा कम गर्ने, धूम्रपान त्याग्न मदत दिने, एनेस्थेसियाको सट्टा काम गर्ने, अध्ययन गर्ने बानीमा उन्नति गराउने जस्ता उपचारहरू कुनै नकारात्मक असरविना नै गर्न सकिन्छ।” अर्कोतिर थुप्रै मानिसहरू सम्मोहनलाई प्रेतवाद तथा तन्त्र विद्यासँगसँगै प्रयोग गर्छन् ।
‘हिप्नोटाइज’ गरी भारतमा सबैभन्दा बढी महिला तथा युवतीहरु बलात्कार हुने गरेको तथ्याङक छ । जसमा धार्मिक क्षेत्रका बाबाहरु यो घटनामा संलग्न भेटिएका थिए ।
त्रिदण्डको अपमान
कृष्णदास त्रिदण्डधारी बाबा हुन् । उनले बोक्ने सुन्तलाले रङको दण्डलाई हिन्दु संस्कार अनुसार ‘त्रिदण्ड’ भनिन्छ । हिन्दु सभ्यतामा त्रिदण्डको महत्व र गरिमा उच्च छ । ‘त्रिदण्ड धारण गरेपछि पैसा, स्त्री र आगोबाट परै बस्नुपर्छ ।
धार्मिक अगुवा भन्छन् ‘त्रिदण्ड धारण गरेका सन्यासीले स्त्रीलाई छोइहाले तीनदिन ब्रत बस्नुपर्छ ।’
सामान्यतया लामो समयको कठोर साधनापछि त्रिदण्ड प्राप्त हुन्छ । ५०–६० वर्षको साधनापछि गुरुले चेलालाई आफ्नो उत्तराधिकारीको रुपमा त्रिदण्ड धारण गराउने परम्परा छ । कृष्णबहादुर गिरीलाई केही महिनाअघि मात्र भारत अयोध्याका रामभद्रचार्य स्वामीले त्रिदण्ड उपाधि धारण गराएका हुन् ।
रोचक त गिरी, बिहान र बेलुकाको निजी सेवामा महिला साधकलाई मात्र बोलाउथे । तेल तताएर शरिरमा मालिस लगाउने काममा पनि महिला साधकलाई नै गिरीले बोलाउने गर्दथे ।