इटहरीः मेला महोसत्वहरुमा राखिने स्टलहरु प्रचारप्रसारका लागि महत्व सावित हुने गरेका छन । सुनसरीको इटहरीमा जारी दोस्रो राष्ट्रिय उद्यमशिल महिला मेलामा पश्चिम नेपालमा उत्पादनहरु राखिएको सामाग्रीहरुका स्टल समेत रहेका छन ।
उद्यमशिलतामा महिलाहरुलाई प्रोत्साहन गर्दै उत्पादीत सामाग्रीहरुको बजारिकरणमा सहयोग पुर्याउने उद्धेश्यले सञ्चालनमा ल्याइएको मेला पश्चिम नेपालका भिर मौरीको महका साथै जुल्लाका उत्पादनहरु समेतको स्टल राखिएका हुन ।
पुर्वी नेपालमा भिर मौकीको महका विषयमा त्यत्ती धेरै मानिसहरुलाई जानकारी नभएपनि मेलामा स्टल राखिएको कारण प्रचारप्रसारमा सहयोग पुगेको भिर मौरीको महको स्टलका आशमान गुरुङ बताउछिन् । पुर्वीमा भिर मौरीको महका विषयमा धेरैलाई थाहा रहेनछ तर स्टलबाट जानकारी गराउन थालेपछि बिक्री हुन थालेको उनको भनाई छ ।
गुरुङले भिर मौरीको महका साथै टिम्बुरको अचार लगायतका पश्चिम नेपालमा पाइने केही जडीबुटीहरु समेत स्टलमा राखेकी छिन ।
त्यसै गरी मेलामा जुल्लाका स्याउ, मार्सी चामल, मकैको चामल लगायत खाद्यान सामाग्री समेत छन । हिमाली कृषि उद्योगका उत्पादनहरुको विक्री वितरणका साथै बजारिकरणका लागि मेलामा स्टल राखिएको बताइन्छ ।
यस्तै तेह्रथुममा उत्पादन भएको ढाकाका कपडाहरु समेत मेला अवलोकन गर्नेहरुको लागी आकर्षण बनेको छ । ढाकाबाट बनेका कोट, सारी, ब्याग, जुत्ता आदी सामानहरुको राम्रो कारोबार भएको बताइएको छ ।
मेला महोत्सवहरु उत्पादक ,विक्रेता साथै उपभोक्ताहरुलाई एकै ठाउँमा ल्याउन समेत महत्वपुर्ण हुने भएका कारण विभिन्न ठाउँका उत्पादनहरुको प्रचारप्रसारका लागि सहयोगी सिद्ध हुने गरेको आयोजकहरुले विश्वास लिएका छन ।