इटहरीः द्धन्दकालको समयमा लुकाइएको भारीमात्रामा गोली सहितको अत्याधुनिक हतियार सुनसरीको बराहक्षेत्र ५ भरौलबाट आइतबार दिउसो बरामद गरिएको छ । भरौल स्थित खेमराज प्रधानको कुखुराको खोर मुनीबाट एस.एम.जि हतियार सहित ९ हजार ९८२ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोख्रेलले बताए ।
उक्त स्थानमा बिस्फोटक पदार्थ लुकाइएको शुचना पाएर इटहरीबाट नेपाली सेनाको बम डिस्पोजल टिम पनि सो घटनास्थल पुगेको थीयो । सेनाको टोलीले घरायसी औजारको प्रयोगले कुखुराको खोर मुनी खन्दा खिया परिसकेको एस.एम.जि हतियार र उक्त परिणामको गोली बरामद गरेको हो । सो स्थानमा ठुलै मात्रामा बिस्फोटक पदार्थ लुकाइएको भनि शुचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट बिशेष प्रहरीको टोली परिचालन गरिएको थीयो ।
प्रहरीको टोली संग संगै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलिले स्थानीयहरूलाइ सचेत गराउदै घेराबेरा सहित खान तलासी गरेको थीयो । एक त गाउमा बम राखेको हल्ला फैलिनु र पहिलो पटक यति धेरै नेपाली सेना र प्रहरीको संख्या देखेपछि स्थानीयहरू केहि समय त्रसित पनि बनेका थिए ।
बरामद हतियारबारे थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यत्रबिनोद पोख्रेलले बताए । बरामद गरिएको सो हतियार माओवादी दव्न्दकालको बेला लुकाएर राखेको हुन सक्ने अनुमान लगाइएको छ । घटनाबारे मुचुल्का उठाइ थप अनुशन्धान प्रकृिया अघि बढाइएको छ ।