विराटनगर : बन्धन सिमेन्टको हात खालि नजाने उपहार अन्तर्गत उदयपुर कटारीका विजय शाहले ५५ इन्चको एलइडी स्मार्ट टिभी प्राप्त गरेका छन् । उनलाई कम्पनिका अध्यक्ष मनिष कुमार मारु लगायतले पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट मजबुती र वातावरणमैत्री हिसाबले उत्कृष्ठ छ । त्यसबाहेक सिमेन्टको बजार व्यवस्थापन राम्रो रहेको छ । त्यसमाथि सिमेन्टले ल्याएको उपहार योजनाले ग्राहकहरुलाई आकर्षित गरिरहेको छ ।

प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । पहिलो चरणमा तत्काल हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने कम्पनिले जानकारी दिएको छ ।

दोस्रो चरणमा कुपनमा लेखिएको कोडलाई ३३००१ नम्बरमा म्यासेज गरि लक्की ड्रमा समेत सहभागि गराउन सकिनेछ । यसरी दर्ता गरिएका कोडहरुमध्येबाट साप्ताहिक लक्की ड्रमार्फत् एक जनाले हिरो प्लेजर स्कुटर उपहार पाउन सक्नेछन् ।

तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ । बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । उपहारको जानकारी मकालु टेलिभिजन बाट प्रत्येक शुक्रबार ५ः३० मा प्रत्यक्ष प्रसारण हुने बन्धन सिमेन्ट विक्ली लकि ड्र कार्यक्रमबाट गराइने कम्पनिले जानकारी दिएको छ ।