सबै युवालाई उद्यमशील बनाउन कोष स्थापना गर्दैछौंः मुख्यमन्त्री राई

  • पुस ९, २०७६
  • १३४५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


भद्रपुरः प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने गरी प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने बताएका छन् ।

मेची उद्योग वाणिज्य सङ्घले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रि«य औद्यागिक, व्यापार तथा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशबाट बेरोजगारी अन्त्य गर्न ‘मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिए । “बेरोजगारी अन्त्य गर्न दशवर्षे गुरुयोजना बनाइसकेका छौं”, उनले भने, “यसका लागि खडा गरिएको कोषको कार्यविधि केही दिनमा पारित भएपछि सार्वजनिक गर्नेछौं ।”

कोषका लागि प्रदेश सरकारले चालू बजेटमा रु २० करोड छुटइएको बताए । पैसा नहुने युवाले सोही कोषबाट रकम लिएर उद्यम गर्ने व्यवस्था मिलाइने उनले बताए । निजी क्षेत्रसँग मिलेर आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै उनले प्रदेशका सबै विकास निर्माणका कार्य गुरुयोजनामार्फत अघि बढाइने बताए ।

आगामी दश वर्षभित्र सात हजार २२६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यका साथ दशवर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक भइसकेको र प्रदेशलाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन गुरुयोजना यही वर्षभित्र निर्माण गरिने उनले जानकारी दिए ।

मेची उद्योग वाणिज्य सङ्घले आजदेखि १७ गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटनमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । मेचीनगरको हङकङ बजारको रुपमा चिनिएको धुलाबारीमा शुरु भएको महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० वटा कक्ष रहेको महोत्सव मूलआयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सोलुखुम्बुमा मदन स् ...

सोलुखुम्बुः तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा मंगलबारबाट शुर ...

सडक कालोपत्र भए ...

सुरुङ्गाः  बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक का ...

काेशीमा जेटवाेट बन् ...

इटहरीः फागुन १ गते देखि बन्द भएकाे सप्तकाेशी नदीकाे जेटवाेट अझै सुचारू हुन सकेकाे छैन । स्थानीयकाे अ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved