ताप्लेजुङः सनराईज बैंकले ताप्लेजुङमा बुधबार आफ्नो शाखा विस्तार गरेको छ । हरेक क्षेत्रका नागरिकलाई आफ्नो बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्य सहित सदरमुकाम फुङलिङमा शाखा विस्तार गरि सेवा सुरु गरिएको बैंकले जनाएको छ । उक्त शाखाको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले संयुक्त रुपमा उद्घाटन गरे ।
सनराईज बैंकले आफ्नो उद्धेश्य अनुरुप मुलुकका विभिन्न ठाउँमा खोलिएका १ सय २९ शाखा, ४२ वटा शाखा रहित सेवा, एक्सटेन्सन काउण्टर र एटिएमबाट समेत सेवा प्रदान गरिरहेको ताप्लेजुङ शाखा प्रवन्धक भिषण निरौलाले जानकारी दिए ।
सनराईज बैंकले जिल्लाको मैवाखोला गाउँपालिकामा समेत शाखा खोलेर सेवा प्रदान गरिरहेको छ । फुङलिङमा विस्तार भएको शाखामा खाता खोल्ने नयाँ ग्राहकलाई अवको एक हप्ता सम्म मोवाईल बैंकिङ सेवा र एटिएम सेवा निशुल्क प्रदान गरिने जनाईएको छ । यस्तै सनराईज बैंकले कृषि र विपन्न वर्ग कर्जा समेत प्रदान गर्दै आएको छ ।