इटहरीःआफ्नै एक अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीको नियन्त्रणमा बिरामीको बहना बनाएर अस्पतालको भीआईपी रुमममा बसिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई हर्ट अट्याक भनिएपनि औषधी भने दाद र लुतोको बढी प्रयोग भएको पाइएको छ । उनको मुटु सम्बन्धि रोगको उपचार बिराट नर्सिङ होममा गरिरहेका छन् ।

तर गिरीको मुटु सम्बन्धि उपचारको लागि आबश्यक औषधीभन्दा पनि दाद–लुतोको औषधि बढी प्रयोग भएको पाइएको छ ।

अस्पतालबाट प्राप्त औषधिको विवरणअनुसार कृष्णदासको नाममा ‘एलेग्रा,’ ‘एलजेरो’, ‘लुलिकेम क्रिम’ जस्ता छालाको समस्यामा प्रयोग हुने औषधि फार्मेसीबाट बढी खरिद भएका छन् । मुटुको सिकिस्त बिरामी भएर उपचारका लागि भर्ना भएका कृष्णदासले एक महिनामा अस्पताल बस्दा जम्मा ६ हजार बरावबको मात्र औषधि प्रयोग गरेका छन् ।

उनले छालासम्बन्धी रोगमा प्रयोग हुने एण्टी एलर्जी औषधि एलेग्रा १८० ट्याब, अलजेरो, भिटामिन सी, भिटामिन बी, कप सिरफ, लुलिकेन क्रिमम, माउथ वास, केटोरिभ साबुन (छालाको इन्फेक्सन हुँदा प्रयोग हुने) प्रयोग गरेका छन् ।

उपचारत सिद्धबाबाका लागि मुटुसँग सम्बन्धित औषधि भने थोरै मात्र प्रयोग भएको छ । ‘कोलेस्टोरोल’ का बिरामीले प्रयोग गर्ने ‘अटर २० ट्याब,’ ‘कार्डेक ५ ट्याब’, रगत जम्न नदिने औषधि ‘स्लेक्जन ६० एमजी,’ रगत पातलो बनाउने ‘क्लोपिलेट ट्याब’, ‘इकोस्पेन ७५ ’ औषधि भने थोरै मात्र प्रयोग भएको छ । त्यस्तै स्लाइन चढाउन प्रयोग हुने ‘क्यानल,’ क्यानुला २०’, ‘क्यानुला २२’, एमएल डिएनएस स्टेरिपोर्ट स्लाइन (सुगरका बिरामीलाई प्रयोग हुने), ‘आइभी सेट’, ‘पेण्टेडक आइभी सेट’ र सिरिञ्जहरू पनि थोरै प्रयोग भएका छन् ।

अस्पताल स्रोतका अनुसार कृष्षदासले फार्मेसीबाट २९ मंसिदेखि औषधि लगेका छैनन् । कृष्ण दासको नाममा पहिलो दिन २ हजार ९ सय ४४ रुपैयाँको औषधि प्रयोग भएको छ । जानकारहरूका अनुसार ‘हृयदयघातका बिरामीलाई अस्पतामा राख्नुपर्दा महंगा औषधि धेरै प्रयोग हुन्छ । एक चिकित्सकका अनुसार हृदयघातका बिरामीलाई एक दिनमै ६ हजारभन्दा बढीको औषधि प्रयोग हुनसक्छ । उनको उपचारमा प्रयोग गरिएका औषधीको विवरण हेर्दा उनले पुरै नाटक गरेर प्रहरी हिरासतमा बस्ने समय अस्पतालको भिआईपी रुममा बसेर कटाएको पुष्टि भएको छ । उनको नाटकलाई प्रहरीले समेत साथ दिइएको पाइएको छ । प्रहरीले उनलाई के चाँही भएको हो भन्ने कुरा सरकारी अस्पतालका डाक्टरकोमा लगेर चेंकअप गर्ने कोशीस एक पटक पनि नगरेको पाइएको छ । नीजि अस्पतालले जे रिर्पोट गर्यो त्यसैलाई सहि ठानेर प्रहरीले पनि कृष्णदासलाई छुट दिइएको पुष्टि भएको छ ।

जिल्ला अदालत बुझाईयो
सरकारी वकिलको कार्यालयले बिहिबार जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्धा सुनसरी जिल्ला अदालतमा बुझाएको छ ।

गिरीलाई पाँचौ पटकको ३ दिनको म्याद समेत सकिएपछि उनलाई बिहिबार अदालतमा उपस्थित गराई मुद्धा बुझाइएको सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता गोकुल निरौलाले जानकारी दिए ।
प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्ने २५ दिने समय अस्पतालमा बिताएका कृष्णदासलाई बिहिबार साँझ मिसिलसहित जिल्ला अदालत सुनसरी पु¥याइएको हो ।

मिसिल बुझाउनु पूर्व सुनसरी प्रहरीले कृष्णदासलाई भने अदालतमा उपस्थित नगराउने तयारीमा थियो । तर अदालतले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने बताएपछि प्रहरीले बिराट नर्सिङ होममा रहेका कृष्णदासलाई अदालत ल्याएको थियो । कृष्णदासलाई बिहिबार एसीसहितको सुविधा सम्पन्न एम्बुलेन्समा अदालत पु¥याइएको थियो ।

अडियो रेकर्ड कृष्णदासकै भएको पुष्टि
कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।

रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो ।

‘आवाज म्याच भएको रिपोर्ट आएको छ’, प्रहरी स्रोतले भन्यो, ‘सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । सिद्धबाबाको हकमा भने ७७ प्रतिशत आवाज म्याच भएको छ ।’

७ देखि १० बर्ष कैद सजाय माग
बिहिबार सरकारी वकिल कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमा कृष्णदासलाई सहित बुझाएको मुद्धाको मिसिलमा उनलाई ७ देखि १० बर्षसम्म कैद सजायको माग गरिएको श्रोतले बताएको छ । समय पुगेमा भोलि(सुक्रबार)बाट उनको थुनछेक बहस सुरु हुने भएको छ । सुरुमा उनीसंग बयान लिने काम हुने अदालत स्रोतले बताएको छ । कृष्णदासले प्रहरी र न्यायधिसहरुलाई यसअघि पटक टिक बयान दिन अस्विकार गरिरहेका छन् । सुक्रबार बयान लिईसकेपछि बहस प्रारम्भ हुने छ । अदालत श्रोतका अनुसार सरकारी वकिल कार्यालयको तर्फबाट र कृष्णदासका तर्फका वकिलहरुको बहस आइतवार लम्बिने संभावना रहेको छ ।