विराटनगरः प्रदेश एकमा पहिलो पटक मेसिनबाट दुुध दुहुने मेसिन (मिल्किङ पार्लर)को उद्घाटन गरिएको छ । प्रदेश सरकारको सहयोगमा मोरङ ग्रामथान गाउँपालिका ७ का गाईपालक कृषक यादव ढकालले संचालन गरेको जयपती कृषि फर्ममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उक्त मेसिनको उद्घाटन गरेका छन् ।
मन्त्री घिमिरेले परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै व्यवसायीक किसानलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको जानकारी दिए । उनले ठुलाे परिमाणमा खेती गर्न किसानलाइ उत्साहित गर्नुपर्ने बताए ।

२०७० सालमा जयपती कृषि र्फम स्थापना गरेर व्यवसायीक गाईपालन शुरु गरेका ढकाललका ८५ गाई छ । ढकालले प्रदेश सरकारको सहयोगमा ३४ लाख खर्चेर मिल्किङ पार्लर मेसिन राखेका हुन् । उक्त मेसिन राखेपछि दुुधको गुुणस्तरमा बृद्धि हुनुकासाथै किसानको लागत मुल्य समेत घट्ने विज्ञको भनाई छ ।

vlcsnap-2020-01-02-15h36m21s368
धेरै गाई पालेका उनलाई हातले दुध दुहुँदा झञ्झटिलो हुने, बढि जनशक्ति लाग्ने र धेरै समय दुुध भण्डारणमा राख्नुपर्दा गुुणस्तर खस्कने समस्या हुनेगथ्र्यो । अब उक्त मेसिको सहयोगले दुध सिधै चिलिङ भ्याटमा जम्मा हुन्छ र विग्रने कम सम्भावना रहने फर्म संचालन यादव ढकालले बताए ।

प्रदेशकै नमुुना किसान रहेका ढकाललाई प्रदेश एक सरकारले १५ लाख अनुुदान दिएको छ । कम्तिमा १ सय गाई पाल्ने लक्ष्य लिएका ढकाल पूर्व क्षेत्रका प्रशिक्षक कृषक पनि हुन् । यो सँगै उनले गाईको पिसाव र गोवरलाई समेत उपयोग गर्दै प्राङगरिक मल बनाउँदै आएका छन् ।