इटहरीः सिद्धबाबा भनिने कृष्णदास गिरीले यस अघिपनि युवती तथा महिलाहरुलाई यौन हिंसा गरेको तथ्य भेटिएको छ । गिरीले चतरास्थित आश्रममा १३ र १२ वर्षका चापागाईं थरका दुई बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । ४ बर्ष अघि इटहरीको बालग्रामबाट पढाउने भन्दै चतरास्थित आश्रममा दुई बालिकालाई यौन दुव्र्यवहार गरेका थिए ।
यो घटना ओरेक नेपाल नाम गरेको संस्थामा पुगेको थियो । घटनाको बिषयमा सत्थतथ्य बुझ्ने प्रयास संस्थाले गरेपनि तर अभिभावक र गिरीका भक्तले बालबालिकासँग भेट्न नदिएको एक महिला अधिकारकर्मी बताउछिन् ।
यौनकाण्डको भन्डाफोर हुने भएपछि स्थानीय केही नेताले ती बालिकालाई भारतको आश्रममा पढ्न पठाउने योजना बनाएका थिए तर महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिले बालिकाहरूलाई जोगबनी कटाउन लाग्दा फर्काएका थिए । गिरीले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया मार्फत ‘भारतको आश्रममा अध्ययन गर्न पठाएको सिफारिस’ रातारात बनाएपछि आफूहरूले केही गर्न नसकेको ति महिलाको भनाई छ । ती दुई दिदीबहिनी अहिले भारतको दिल्लीस्थित कन्याकुमारी आश्रममा रहेको बताइए पनि अभिभावकले नै ढाकछोप गरेकाले थप खोजी हुन नसकेको उनी बताउँछिन् । यस्तै उनले बोक्ने ९८५२०२५८८५ नम्बरबाट आश्रमभित्रै रहेका केहीलाई पठाएका म्यासेजहरुले पनि उनी यौन भोगी रहेको महिला अधिकारकर्मीको बताउछन् । गिरीले लेख्ने म्यासेजहरुमा ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुनु गरौ’ छन् ।
आफूलाई जगतगुर बताउने गिरीले ६ महिना अघि त्रिदण्ड धारण गरेका थिए । हिन्दु संस्कारमा त्रिदण्ड प्रतिको उच्च सम्मान छ । त्रिदण्ड धारण गरेको व्यक्तीले स्त्री, आगो र पैसादेखि टाढै बस्नुपर्ने मान्यता छ ।
कैफियत प्रतिवेदन र राय बुझाउन उच्चको आदेश
शुक्रबार उच्च अदालतका मुख्यन्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।
आदेशमा १५ दिन भित्र कैफियत प्रतिवेदन बुझाउन भनिएको छ । यस्तै श्रेष्ठले सुनसरी जिल्ला अदालतलाई गिरीको आदेशको बिषयमा ‘राय’ पनि बुझाउन भनेको छ । प्रमाण हुँदाहुदैपनि गिरीलाई छाड्ने आदेश गर्नु पर्ने राय जिल्ला न्यायासिध राधाकृष्ण उप्रेतीले उच्चलाई लिखित रुपमा बुझाउनु पर्ने हुनेछ ।
बलात्कार प्रकरणमा पीडित बाहिर आउनुलाई पनि प्रमाणको रुपमा मानिन्छ । सरकारी वकिलको कार्यालयले सिद्धबाबाले टेलिफोन गरी मुद्दा फिर्ता लिन दिएको दबाब, ५ कात्तिकमा महिलालाई हप्काएको र घटना अघि दिक्षा दिने भन्दै महिलालाई म्यासेज गरी बोलाएकाले प्रमाण हुँदा हुँदै धरौटीमा छाड्ने विवादास्पद आदेश भएपछि जिल्लाको आदेश बदर गरी थुनामै राखेर अनुसन्धानको माग गर्दै बिहीबार उच्च अदालतमा निवेदन दायर गरेको थियो ।
कार्तिक ४ गते सुनसरीको चतरास्थित गिरीकै आश्रममा एक महिलालाई बोलाएर जबरजस्ती करणी गरेको मुद्धालाई सुनसरी जिल्ला अदालतले गरेको आदेश ‘अस्वभाविक’ भएको भन्दै उच्चमा बिहिबार मुद्धा दर्ता गराएको थियो ।
गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो ।
घटना पुष्टि गर्ने चार प्रमाण
करणीको आरोप लगाउने महिलाले प्रहरीलाई दिएको जाहेरीबाटै पनि गिरीले कहाँ कसरी करणी गरियो भन्ने स्पष्ट आधार दिएको पाइन्छ ।
पीडितले सिद्धबाबाको नाम किटान गरेकी छन् भने अर्कोतर्फ घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पुष्टि भएको छ । पीडित त्यस दिन आश्रम गएको पनि प्राविधिक परीक्षणबाट पुष्टि भएको छ ।
घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी मागेका छन् अनि पीडितले उपलब्ध गराएको उक्त ‘अडियो फाइल’ को आवाज सिद्धबाबाको हो भनी विधिविज्ञान प्रयोगशालाबाट पनि पुष्टि गरेको छ ।