इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बिगत ३६ वर्ष देखि साङ्लोमा बाधिएका ब्यक्तिको उद्धार गरेकी छन् । इटहरी वडा नं.२० तरहरा शान्ति टोलमा बस्दै आएका डीक बहादुर खड्कालाई उपमेयर गोतमले घरमै पुगेर उद्धार गरेकी हुन् ।
पालिकाको नियमित कार्य अपाङ्गता भएका ब्यक्ति लाई घरमा पुगेर सामाजिक सुरक्षाको रकम बितरण गर्ने क्रममा गौतमले त्यस्तो दर्दनाक अबस्था रहेको देखेपछि आफु अचम्ममा परेको बताइन् ।

khadka pradeshportal
खड्का १७ वर्षको उमेर हुदाँ लडेर टाउकामा चोट लागेपछि मानसिक सन्तुलन गुमेको भन्दै परिवारले ३६ वर्ष सम्म फलामको साङ्गलोले बाधेर राखेको खड्काकी आमाले बताइन् । यस बिषयमा स्थानीयबासी समक्ष बुझ्दा परिवारको आर्थिक अबस्था न्युन भएकाले उपचार हुन नपाएको बताएका छन् ।

khadka pradeshportal 2
त्यस पश्चात उपचार हुन सक्ने भन्दै उपमेयर गौतमले आफू चड्ने गाडीमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्याएको र तत्काल उपचारका लागि नगरपालिकाको तर्फबाट दश हजार दिएको साथै अन्य उपचारका लागि उपमहानगरपालिकाले प्रतिष्ठानलाई सिफारिस गरिएको गौतमले बताइन् ।

उपमहानगरपालिकाको यस कार्यले आफ्ना लागि स्थानीय सरकार भगवान् बनेर आएको डिक बहादुरका भाईले बताए ।