इटहरी : इटहरी– ५ जनताबस्तीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्कीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यो बेला सहचालकले सवारी चलाएका थिए ।कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकी कलेक्टर रहेको बताइएको छ ।