खोटाङका सबै स्थानीय तहमा बेरुजुको चाङ

  • पुस २९, २०७६
  • ३७४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

 खोटाङ : महालेखा परीक्षकको कार्यालयले खोटाङका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो ।
प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आव २०७५÷०७६ मा रु १४ लाख ६१ हजार ७७७ बेरुजु औल्याइएको छ । अघिल्लो आवमा गाउँपालिकामा रु ४० लाख ३४ हजार ५६६ बेरुजु देखिएको थियो । अघिल्लो आवमा रु तीन करोड ३६ लाख ७१ हजार ८०६ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ६२ लाख २८ हजार २८७ बेरुजु देखिएको छ । अघिल्लो आवमा रु ७४ लाख ४६ हजार ४९९ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आव २०७५÷०७६ मा रु तीन करोड १८ लाख १९ हजार ३५४ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ ।

आव २०७४÷०७५ मा रु चार करोड ४४ लाख ९८ हजार ९८९ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ३१ लाख २९ हजार ७०१ बेरुजु रहेको छ । आव २०७४÷०७५ मा रु चार करोड ५० लाख १३ हजार ६१९ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आव २०७५÷०७६ मा रु दश करोड २५ लाख दुई हजार ८९९ बेरुजु भटिएको छ ।

अघिल्लो वर्षमा रु एक करोड १६ लाख ९५ हजार १९५ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ९५ लाख ९५ हजार ९०९ बेरुजु देखिएको छ । आव २०७४÷०७५ मा रु दुई करोड ४० लाख छ हजार १६२ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ११ लाख ८१ हजार ४७८ बेरुजु रहेको देखाइएको छ ।

यस्तै, आव २०७४÷०७५ मा रु दुई करोड ८७ लाख ५२ हजार ५०१ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आव ०७५÷०७६ मा रु एक करोड २० लाख ७८ हजार ३०१ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ ।

प्रतिक्रिया दिनुहोस

धनकुटा नगरपालिको आकस ...

इटहरीः धनकुटा नगरपालिकाले नगरभित्र रहेका विपन्न सुकुम्बासी, दैनिक ज्यालादारी काम गरी विहान बेलुकाको ...

सुनसरीमा लकडाउन थप क ...

इटहरीः गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बेलुकीदेखि जिल्लाभरको सुरक ...

कोरोनाभाइरसको प्रभाव ...

लन्डनः दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे। उनी वेल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved