विराट एक्स्पोलाई नोबेलले प्रायोजन गर्ने

  • पुस २९, २०७६
  • ३५८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

बिराटनगरः नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुँने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुँन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो ।
एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित ९ दिने प्रदर्शनी हुँन लागेको हो ।
उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउँदै उत्पादक र उपभोक्तावीचको व्यावसायीक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, कृषि औजार, सूचना प्रविधि तथा बैकल्पिक उर्जा, अटोमोवाईल्स तथा पार्टस, हस्तकलाका सामाग्री, विधुतीय तथा घरायसी सामाग्री, गार्मेन्ट, खाद्य पदार्थ, शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तिय सस्थाका ३ सय १५ स्टल रहनेछन् ।
जसमध्ये भारत, चीन, भुटान, पाकिस्तान र बंगलादेशका ६० स्टल बुक भएका छन् । एक्स्पोमा नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान लगायत देशका ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्बको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष घिमिरेले बताए ।
पूर्वी नेपालको औद्योगिकरणमा टेवा पुर्याउन दुई दशक अघिदेखि उद्योग संगठनले विभिन्न नाममा प्रदर्शनी गर्दै आएको छ । यसअघि २०५३ मा कोशी महोत्सव, २०५७ मा औद्योगिक व्यापार मेला, २०६३ मा कृषि तथा औद्योगिक प्रदर्शनी, २०६६ र २०७३ मा विराट एक्स्पो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सोलुखुम्बुमा मदन स् ...

सोलुखुम्बुः तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा मंगलबारबाट शुर ...

सडक कालोपत्र भए ...

सुरुङ्गाः  बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक का ...

काेशीमा जेटवाेट बन् ...

इटहरीः फागुन १ गते देखि बन्द भएकाे सप्तकाेशी नदीकाे जेटवाेट अझै सुचारू हुन सकेकाे छैन । स्थानीयकाे अ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved