इटहरीःस्कटल्याण्डमा बसोबास गर्ने नेपालीहरुले सोमबार नेल्सनमण्डेला प्यालेसमा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको आयोजक संख्थाका सचिव एव्म कार्यक्रम संयोजक केबल पोख्रेलले जानकारी दिए । नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडका अध्यक्ष रामप्रसाद कडेलका अनुसार सो स्थानमा बसोबास गर्ने नेपालीहरुको तर्फबाट रक्तदान जस्तो पवित्र कार्य पहिलो पटक गरिएको हो । विदेशमा बसेर बिभिन्न समयमा विभिन्न स्थान र व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको तर, कसैको जीवन जोगाउने रक्तदान जस्तो मानविय हितकार्य पहिलो पटक गर्न पाउदा स्कटल्याड बसोबास गर्ने नेपालीहरुले खुसी भएको अध्यक्ष कडेलले बताए ।

82103040_2458831577579029_674570557101965312_n
सचिव पोख्रेलका अनुसार एनएचएस स्कटल्याडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संस्थाको तर्फबाट बार्षिक क्यालेण्डरमै समावेश गरेर बर्षको २ पटक अनिर्वाय रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिने छ । सोमबार यो बर्षको पहिलो चरणको रक्तदान कार्यक्रम गरिएको र आउने सोमबार दोस्रो चरणको रक्तदान कार्यक्रमको आयोजना गरिएको सचिव पोख्रेलले जनाकारी दिए । संस्थाले अन्य समाजिक तथा मानवीय कार्यहरु गर्दै जाने योजना पनि बनाएको पोख्रेलले सुनाए । उनका अनुसार नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडले नेपालीका ५० जना छोराछोरीलाई नेपाली भाषा अध्ययनका लागि पाठशाला समेत संचालन गर्दै आईरहेको छ ।

82072473_3534974919877150_2912486712909234176_n 81991835_864212847370339_6457639644870737920_n 82180989_2487708014673692_2866452132444241920_n 82146195_3008763159156150_8221886599453999104_n 82550111_553875622004736_7403363401608462336_n 82794516_555253351998742_8512545633582710784_n