इटहरी : इटहरी ६ बिराटनगर लाईन स्थित कोशी लोकमार्गमा दक्षिणतर्फ जादै गरेको ना ८ ख ५८०१ नम्बकोे टिपरको पछाडी बाया पट्टीको टायर पड्कदा इटहरी ६ बस्ने ४० वर्षीय प्रकाश अधिकारीको हात भाँचिएको छ ।

को २५ प ६७७२ नम्बरको स्कुटर टिपर भएकै दिशाबाट गइरहेको थियो । एक्कासी टिपर पड्कदाँ उक्त घटना भएको हो ।

अधिकारी सँगै सोही दिशा तिर जादै गरेको को ४० प ८२३१ नम्बरको मोटर साइकलमा सवार दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत प्रहरी जवान हेम लिम्बुको हातमा सामान्य चोट लागको र घाइते दुवै जनालाई उपचारका लागि बिराटनगर पठाईएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएकोे छ ।