इटहरी : नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाए सगैँ सुनसरी जिल्लामा अनेरास्ववियूको संयोजकमा जिबि गजल भएका छन् भने सह संयोजकमा बुद्रोस लिम्बु चयन भएका हुन् ।

आइतबार बसेको अनेरास्ववियू केन्द्रिय कमिटिको बैठकले ७७ ओटै जिल्लाको टुङ्गो लगाए सगँै सुनसरीले पनि नयाँ नेतृत्व पाएको हो । साबिक नेकपा एमाले र नेकपा माओबादी केन्द्र एकता भएको लामो समय सम्म कुन जिल्ला कुन संङ्गठनलाई दिने भन्ने बारेमा अन्यौलता बढ्दै गएको बेला एकता टुङ्गो लागेको हो ।

जिबि गजल साबिक नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु सुनसरीका अध्यक्ष हुन् । यसैगरी बुद्रोस लिम्बु साबिक नेकपा माओबादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष हुन्् ।

यस सगैँ अब जिल्ला कमिटि बिस्तार लयायत क्याम्पसमा बिद्यार्थी संगठन निर्माण गर्न बाटो खुलेको छ ।

budros limbu