इटहरीः धरानका पूर्व मेयर ध्यानबहादुर राईको क्यान्सरका कारण निधन भएको छ । उनको आज दिउँसो पाटनस्थित पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको पत्रकार महेश श्रेष्ठले जानकारी दिएका छन् । 

श्रेष्ठ लगाएतले उनको जीवन रक्षाका लागि अभियान नै सँचालन गरेका थिए । उनको भारतको नयाँदिल्लिस्थित राजिवगान्त्री क्यान्सर अस्पतालमा समेत उपचार भएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारले स्वदेश फर्काएको थियो ।

प्छिल्लो राजनीतिमा समाजवादीमा आवद्ध उनि २०४९ सालमा धरानबाट तत्कालिन एमाले बाट नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।