इटहरी : इटहरी ५ का हरी प्रसाद आर्चायले ८ बर्षको उमेर देखिनै गाईपाल्दै आएका छन् । अहिले पनि उनले १४ वटा गाई पालिरहेका छन् । आचार्यले गाई पाल्न थालेको यतिका बर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाए ।
इटहरी उपमहानगरले अनुदानमा कुटी काटने मेसिन र दुघ राख्ने क्यान प्रदान गरेपछि ७६ बर्षका जेष्ठ नागरिक आर्चाय निक्कै खुशि देखिन्थे । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सोमबार १५ जनालाई कुटिकाटने मेसिन,५ जनालाई दुई दुइवटा क्यान र पाँचजनालाई क्रिम निकाल्ने मेसिन प्रदान गरेकीे हुन् । उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर वनाउन बिभिन्न समाग्री प्रदान गरिएको वताइन् ।उनले सात लाख वरावरको समाग्री प्रदान गरिएको जानकारी दिइन् ।

सामग्री प्राप्त गर्ने इटहरी ७ का कृषक रमेश भट्टराईले स्थानीय सरकार पशुपालक कृषकका साथमा भएको आभाष मिलेको बताए । उपमहानगरले पचास देखि सत्तरी प्रतिशत अनुदानमा ती समाग्री वितरण गरेको हो ।

krishak 1 krishak 2