इटहरीः इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुईजना प्रहरी जवान पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्येक महिना प्रदान गर्ने ‘पुलिस अफ द मन्थ’ बाट प्रहरी जवान बिनोद ओझा र सर्व कुमार तामाङ उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

दुवैजनाले बिभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालाना गरि व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले इटहरी क्षेत्रमा घटेका संगठित अपराध, चोरी लागुऔषध जस्ता जघन्य प्रकृतिका अपराध हुन गर्न नदिन तथा अपराधिक गतिबिधिमा संलग्न अभियुक्त तथा फरार प्रतिवादी पक्राउमा पुराएको योगदान स्वरुप पुस महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले हस्ताक्षरित प्रहरी अभिलेख माघ महिना भर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिने छ ।
प्रहरी कर्मचारीको कामको मुल्याकंन गरिनुको साथै राम्रो कार्य गर्न प्रोत्साहित गर्न नेपाल प्रहरीले सबै जिल्लामा ‘पुलिस अफ द मन्थ’ अभियान संञ्चालन गरिरहेको छ । जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएपछि संगठन भित्र अझै राम्रो काम गर्ने हौसला मिलेको ओझा र तामाङले प्रतिकृया दिएका छन् ।