भोजपुर : भोजपुर नगरपालिका भूकम्प शाखाका ओभरसियर प्रकाश तिवारी ६ हजार घूससहित पक्राउ परेका छन् ।
अख्तियारले घूस लिँदै गरेको क्रममा रंगे हात पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले तिवारीलाई प्रधान होटल एन्ड लज डाँडागाँउ भोजपुरबाट पक्राउ गरेको हो ।
उनले भूकम्प पिडितले पाउने अनुदान बापतको घर निर्माण पश्चात सिफारिस गर्ने क्रममा घूस लिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।
पक्राउ परेका तिवारीलाई नियन्त्रणमा लिई इटहरी लगिएको र थप अनुसन्धानका लागि काठमाडौं पठाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीले बताएको छ ।