इटहरीःइटहरीमा पहिलो पटक जेरी(जुलेभी) पुरी अनि मिठाईका परिकार खुवाउने हिरा होटल एण्ड मारवाडी बासाका संचालक पुराना होटल व्यवसायी हिरा महतोको निधन भएको छ । इटहरीमा ३५ बर्षअघिबाट होटल संचालन गर्दै आएका सामाजिक सेवामा समेत सक्रिय महतोको हृदयघातका कारण उपचारका क्रममा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती निधन भएको हिरा महतो हो ।
इटहरीको मुख्य चौंकको उत्तर पश्चिमको कुना हालको आकेस कलेक्सन भएको स्थानमा सानो छाप्री बनाएर होटल सुरु गरेका उनले सफलता गरेका थिए । हाल उनको प्रदेश ट्राफिक कार्यालय इटहरी पश्चिमतर्फ आफ्नै खाना बस्न सहितको हिरा होटल छ । इटहरी चौंकको पश्चिम लक्ष्मिबैंक छेउमा पुरानो होटल संचालित नै छ । जहाँ जेरी,पुरी, सिंगडा, मिठाईका परिकार, चिया, सुख्खा रोटी, सादा खाना पाईन्छ । उनको होटलमा इटहरीका मात्र नभई नेपालका हरेक क्षेत्रका उपभोक्ताहरुले नास्ता, खाना खाएका छन् । सस्तो, सुलभ दररेटमा उनले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खाना र बाँसको व्यवस्था गर्दै आएका थिए ।
व्यवसायसगै उनि इटहरीको समाजिक सेवा कार्यमा पनि उत्तिकै सक्रिय थिए । उनले इटहरीमा रहेका सामाजिक संघ संस्था , शैक्षिक प्रतिष्ठान, व्यवपारीक प्रतिष्ठान, राजनितिक पार्टी लगायतलाई आफुले सकेको आर्थिक सहयोग समेत गरेका छन् । उनकै सक्रियतामा इटहरीको गंगा जमुना मुक्ति घाटमा बर्षेनी हुने छैठ पर्वलाई व्यवस्थित बनाउने कार्यको सुरुवात भएको थियो । छैठ पर्वलाई सबै जाति र समुदाय सहभागीता गराउनमा उनको ठूलो योगदान गरेको छ । जीवनको ३५ बर्षबढी इटहरीमा सेवा गरेर बसेका हिरा महतो नेपाली नागरिक हुन भने पाएनन् । उनि भन्दा पछि व्यवसाय गर्न भारतबाट इटहरी आएका धेरै मारवाडीहरुले मोटो रकम खर्च गरेर नेपाली नागरिकता लिएका थिए । तर, ३५ बर्षबढी इटहरीमै रहेर व्यवसायको अलवा समाजिक कार्यमा सक्रिय भएका उनले अनेकौ प्रयास गर्दा समेत उनले नेपाली नागरिक हुन पाएनन् । नेपाली नागरिक बनाईदिने भन्दै उनलाई इटहरीका बिभिन्न राजनितिक दलका नेता,केही व्यवसायी र इटहरी उपमहानगरका कर्मचारीहरुले दुहुनो गाई बनाएको उनले पटक पटकको भेटमा दुखेसो पोख्दै आएका थिए । उनले भन्ने गरेका थिए– ‘मलाई नागरिकता नदिएपनि म नेपालको इटहरीमै रहेर सेवा गर्छु, यही मर्न चाहान्छु ।’ उनले भने झै अन्तिम श्वास नि नेपालमा नै फेरेका छन् ।
होटल व्यवसायी संघ इटहरीका संस्थापक समेत रहेका उनको पार्थिक शरिर धरानबाट इटहरी ल्याउने तयारी भईरहेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । उनले हिरा महतोको निधनले इटहरीको व्यवसाय र समाजिक सेवा क्षेत्रमा अपुरणीय क्षति भएको बताए । कसैको चित्त नदुखाई ३ दशकबढी व्यवसायसंगै समाजिक कार्यमा सर्मपित महतोको निधनले स्तब्ध बनाएको उनले जनाए । उनको निधनप्रति इटहरीका सामाजिक अभियान्ता, व्यवसायी, उद्योगी, शिक्षासेवी, होटल व्यवसायीहरुले समाजिक सञ्जाल मार्फत गहिरो दुःख व्यक्त गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

4e5d4fd0-f340-48c9-9056-ab1a6d82a3fd